बूढानीलकण्ठ नगरपालिकाले २०८१/१/७ गते संस्थागत बिध्यालयहरु लाई  निर्देशन जारी गर्दै ९ वटा बुदाँ निर्देश गरेको थियो | नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा उक्त निर्देशन पालना भए नभएको अनुगमन गर्दा बूढानीलकण्ठ नगरपालिकाको १२ वटा बिध्यालय शिल भएको छ | बूढानीलकण्ठ नगरपालिकाका ३४ वटा बिध्यालयको अनुगमन हुदाँ १८ वटा कारबाही र १२ वटा बिध्यालय शिल गरिएको जानकारी प्राप्त भएको छ | केहि बिध्यालयले नगरपालिकाको निर्देशन उल्लघंन गरेकोले कारबाही गर्नुपरेको  बूढानीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंहले जानकारी दिनुभएको छ। 

अनुगमनको क्रममा बिधालय परिसरबाट स्टेशनरी सामग्रीहरु ,बिधालय पोशाक लगायत बिक्रि वितरण गरेको पाइएको थियो । थोरै मात्रामा शैक्षिक सामग्रीहरु भेटीए जफत गर्ने र धेरै भेटिएको अबस्थामा ताला लगाउने गरिएको शिक्षा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंहले बताउनु भएको छ ।  बिधालयको नाम तथा लोगो भएको स्टेशनरी सामग्री बेचेको बताइको छ। हालसम्म लोयल्टी, भ्याली पब्लिक, दिक्षालय, रिलाइन्स कोएड ,साम्तेन, शारदा, बिभुति लगायतका स्कुलहरुका सामग्रीहरुमा शिल गर्ने तथा जफत गर्ने काम भएको छ। नगरपालिकाको कदम प्रति आपत्ति जनाउदै  बुढानिलकण्ठ शैक्षिक मंचका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले नगरपालिकाका निजि तथा संस्थागत बिध्यालयरुमा रहेका सामाग्रीहरु जफत गरेर अपमानित गरेको बताएका छन। शैक्षिक शत्रको सुरुवातमा नगरपालिकाले बिध्यालयहरुमा अनुगमन तीव्र बनाएर कपि,पोसाक,पुस्तक लगायतका सामाग्री जफत गर्ने र बिध्यालय मै तालाबन्दी गर्ने कार्यलाई अगाडी बढाएपछि प्रतिक्रिया दिदै अध्यक्ष लामिछानेले नगरपालिकाको कार्य शैली प्रति असन्तुष्टि व्यक्त गरेका हुन् |