टेक्सास राज्यको सान एन्टोनियोमा ट्रकमा निसास्सिएर ४६ जना आप्रवासीको मृत्यु भएको छ भने गम्भीररूपमा बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ । यद्यपि उनीहरूको मृत्यु निसास्सिएर भएको पुष्टि भएको छैन । 

मेक्सिकोका आप्रवासी ट्रकमा निसास्सिएर मरेका अमेरिकी अधिकारीहरूले बताएका छन् । उक्त ट्रक शहरको दक्षिणपश्चिममा रहेको रेलमार्ग नजिक भेटिएको हो । आर्द्रतायुक्त उच्च तापक्रमका कारण उनीहरूलाई श्वासप्रश्वासमा समस्या भएको अनुमान गरिएको छ । सोमबार सान एन्टोनियोको तापक्रम ३९.४ डिग्री सेल्सियस मापन गरिएको थियो । 

सोमबार साँझ घटनास्थलबाट सहायताका निम्ति आग्रह भएपछि सुरक्षा अधिकारी परिचालन गरिएको सान एन्टोनियोका प्रहरी प्रमुख बिल म्याकमासले बताएका छन् । उनले मृतकहरू मेक्सीकोका नागरिक भए नभएको यकिन नभएको जनाएका छन् । सान एन्टोनियोका नगरप्रमुख रोन निरेनबर्गले घटनालाई ‘भयानक मानवीय त्रासदी’ भनेका छन् । 

गम्भीररूपमा बिरामी भएकामा १२ जना वयस्क र चारजना बालबालिका छन् । सुरक्षा अधिकारीहरूका अनुसार उद्धार गर्दा उनीहरूको शरीर ज्यादै तातो थियो । ट्रकको ढोका अलिकति मात्र खुला रहेको र भित्र जाँदा लाश मात्र देखिएको पनि उनीहरूले जनाएका छन् । मेक्सिकोको विदेश मन्त्रालयका अधिकारी घटनास्थलतर्फ प्रस्थान गरेका बताइएको छ । 

टेक्सासका गभर्नर ग्रेग एबोटले राष्ट्रपति बाइडेनको घातक खुला सीमा नीतिका कारण उक्त घटना भएको ट्वीटरमा टिप्पणी गरेका छन् ।



At least 46 dead bodies were found in a truck’s tractor-trailer in San AntonioTexas, on Monday evening, in what authorities suspect may be a shocking instance of cross-border migrant trafficking gone wrong.

Another 16 people were taken to local hospitals in varying conditions, according to officials, including four children. Police have taken three people into custody.

A city worker heard a cry for help from the abandoned truck before discovering the gruesome scene, said police chief William McManus.

Mexico foreign minister Marcelo Ebrard called the suffocation of the migrants in the truck the “tragedy in Texas” while San Antonio’s mayor Ron Nirenberg called it a “horrific human tragedy”.

“There are, that we know of, 46 individuals who are no longer with us, who had families, who were likely trying to find a better life. And we have 16 folks who are fighting for their lives in the hospital,” he said.

Texas governor Greg Abbott blamed the tragedy on the Biden administration, claiming “open borders” led to the horrific scene.The Department of Homeland Security is investigating the incident.