स्याङ्जा- स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा पर्ने सेतीबेणी बजारका ४८ घरधुरी बर्षको ४ महिना सुत्नै पाउँदैनन् । रात पर्‍यो र पानि पर्‍यो भने उनीहरुलाई एउटै त्रास छ कतिखेर बाढी आउँछ र घर बगाउँछ । बर्षातको महिना जेठदेखि भदौसम्म पानि पर्‍यो भने राती सुतीरहेकै अवस्थामा भाग्‍नुपर्ने उनीहरुको अवस्था छ ।

देशकै ठुलो कालीगण्डकी जलविद्युत्त आयोजनाको बाँधको कारण प्रत्येक बर्ष डुवानको जोखीममा पर्ने गरेको छ । गत वर्ष पनि बाढीको कारण १५ घर ढुवानमा परेको थियो भने खेतियोग्य जमिन बगरमा परिणत भएको थियो ।

गण्डकी प्रदेश सरकारले यस स्थानलाई घुम्नै पर्ने एक सय गन्तब्य मध्येको स्थानमा सुचिकृत गरेको भएपनि सेतीवेणीवासीको त्रसित हुनुपर्ने समस्या जस्ताको त्यस्तै छ ।

गत वर्ष असार १५ गते आएको बाढीले १५ घर ढुवानमा र ८ घर पुर्ण क्षति भएको थियो । उक्त बाढीले खेतियोग्य जमिनलाई बगरमा परिणत गरेको भएपनि सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन ।

शालिग्राम शिलालाई विश्वकै ठुलो शिला मानिन्छ । गण्डकी प्रदेश सरकारले घुम्नैपर्ने एकसय गन्तव्य स्थानमा सुचिकृत गरेको यो क्षेत्रको संरक्षण नहुँदा प्रत्येक वर्ष यहाँका बासिन्दा त्रासमा दिनरात गुजार्ने गरेका छन् ।

एकातिर कालिगण्डकी र अर्कोतिर सेतिखोलाको जोखिममा रहेका यहाँका बासिन्दाले तटबन्धको माग गरेको भएपनि उनीहरुको गुनासो अहिले सम्म कसैले सुन्न सकेको छैन ।

दुर्घटना भैसकेपछि राजनैतिक स्वार्थको निम्ती रहातको प्याकेज लैजानुभन्दा दुर्घटना हुन नदिन समयमै बुद्धि पुर्‍याउन सम्वन्धित निकायले ध्यान दिनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।