समय हो २०६२ साल तिरको जति बेला म सुनौलो भविष्यको परिकल्पना गर्दै कक्षा १२ न्यु समिट कलेजमा अध्ययनरत थिए। देशमा राजाको प्रत्यक्ष शासन थियो र सात दल आन्दोलनरत थिए।। त्यहि माझ युवा पक्तीहरुको अग्र पंक्ति एक नेताको चर्को भाषण टेलिभिजनमा देखें । नाम "गगन थापा" हो मैले पहिलो चोटि सुनेको र प्रत्यक्ष देखेको। राजनैतिक पारिवारिक माहोल भएका काराण राजनिती प्रती मलाइ सानै देखि चासोको बिषय रहेको थियो । मेरो बुवा रामकृष्ण केसि ०४९ साल र ०५४ मा तत्कालिन कपन गाबिस वडा -४ को वडा अध्यक्ष र नेपाली काङ्रेसको कपन गाबिस एकाइ सभापती हुनुहुन्थ्यो। घरमा नेता कार्यकर्ताको आवत जावत र उहाहरुको वार्तालाप निकै चाख लाग्दो हुन्थ्यो । ०६२/६३ को जन आन्दोलनको बखत गगन थापा युवा पक्तीमा अग्रनी भुमिकामा हुनुहुन्थ्यो, उहाको लोकतन्त्र प्रतिको भाषण र वाक कला निकै नै घत लाग्थ्यो।

 देशमा लोकतन्त्र आयो २०६५ ताका म BBA अध्यनरत थिए, घरमै एक बैबाहिक कार्यक्रममा गगन थापा संग प्रत्यक्ष भेट्ने अवसर मिल्यो।। उहाँ र अरु नेता गणका कुरा सुन्ने मौक्का पाएको थिएँ । तत्कालिन समयमा उहाँ को राजनिति प्रतीको लगाव र भिजनहरु बारे केही सुन्न र आफ्नो कुराहरु राख्ने मौका पनि पाए।। संविधानसभा सदस्यको रुपमा उहाका मौलिक अधिकार सम्बन्धि बिचार, गैरआवसीय नेपालीले नागरिकता पाउने विषय, आमाको नामबाट नागरिकता, १८ बर्षसम्म बाल-बालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न नगराउने लगायत दलित अधिकार, महिला अधिकार, युवा अधिकार, आदिवासी जनजाति मधेसी समुदायको अधिकार, शिक्षा, स्वास्थ्य सामाजिक सुरक्षालगायतका विषयमा राख्नु भएको बिचार निकै मार्मिक थियो। वहाँले जनसरोकारका विषय धेरै नै उठान गर्नु  भएको  थियो।। समय क्रम अनुसार नै गगन थापाका भाषण र संविधान सभामा बिचार सुन्दै हुर्कदै ०६८ साल ताका तिरको कुरा हो जब म MBA अध्ययनरत थिए उहा संग फेरि भेट्ने मौका मिल्यो।। प्रमुख बक्ताको रुपमा हाम्रो कलेजमा युवा र राजनीति अनि बिकास बिषयमा हामिलाइ Facilitate गर्न आउनु भएको थियो।

 विशेषगरि राजनीतिलाई फोहोर छ भनेर हेरेर बस्ने होइन, त्यसको सफा गर्न आफैले राजनीति गर्नुपर्छ भन्ने मान्यताका साथ म राजनीतिमा होमिएको हूँ भन्ने भनाइ मलाई र मेरा सहपाठी हरुलाई निकै नै प्रेरणा दायी थियो। त्यहाको भेट् पश्चात उहाले मलाइ पनि भेट्न बोलाउनु भयो।लगत्तै गगन थापा संग भेट्ने मौका मिल्यो कुरा भयो। अबको राजनीतिक अवस्थामा युवाहरुको सहभागिता आवश्यक रहेको बताउनु हुँदै हामी जस्तो युवाको साथ खोज्नु भएको कुरा प्रष्ट संग राख्नु भयो। राजनीति प्रती चरम असन्तुष्टि रहेको समाज र वृद्ध नेताहरुको हर्कतले आजित नेपालीलाई समृद्धि तिर समाज लमकाउन्छु भने बुलन्द आवाजको आभास पाए गगन थापामा। त्यसैले उहाँ संग रहेर वहाँलाई सहयोग गर्ने निर्णय गरे।। कालान्तरमा आएर के मेरो निर्णय सहित थियो त भन्ने प्रश्नको जवाफ मैले वहाँ छोटो समयका लागि करिब ८ महिना जति नेपालको स्वास्थ मन्त्री हुँदा पाएँ ।

छोटो समयमा नै स्वास्थ मन्त्रीको रुपमा उहाले चाल्नु भएको कदम र नितिगत निर्णयले नेपालको स्वास्थ व्यवस्थाको नयाँ आयाम थपिएको थियो । सांसदको रुपमा उहाले हाम्रो क्षेत्रमा पुर्याउनु भएको बिकासको योगदानका लागि पनि म उहाँ प्रती कृतज्ञ छु। हिजोका दिन हिलाम्मे सडक, साँघुरा सडक, बिगत केही बर्ष यता मात्रै बूढानीलकण्ठमा प्रमुख भनिएका अधिकांस सडक चौडा सहित बिकसित सम्भव भैसकेका छ्न। यस्तै स्वास्थ शिक्षा खानेपानी अवधारणा अन्तर्गत धेरै प्रगती भएका छन।। सदनमा होस कि क्षेत्रमा दुबैमा आफ्नो सांसद अब्ब्ल देखिँदा आफ्नो मतको कदर भएको आनन्दमा आभास हुने रहेछ, आफुले लिएको बिस्वास र निर्णय सहि साबित हुदो रहेछ। संसदमा आम मानिसका हरेक बिषयमा वहाँ को अभिव्यक्ति सर्हानिय लाग्छ। आफ्नो पार्टी पक्षमा होस या प्रतिपक्षमा उहाको खबरदारी भुमिकाले सरकार संचालन गरेकालाई प्रश्न गर्ने गर्छ। नेपालमा एक क्षमतावान नेता राष्ट्र निर्माणमा र जनताका लागि कार्य गर्ने नेताका रुपमा वहाँलाइ मैले चित्रण गरेको छु । समय क्रम सङै आज १२ बर्षसम्म यात्रामा पनि उहाँमा उहीँ गगन थापा उहीँ जोस देख्छु पाउछु जस्को सपना छ समुन्नत नेपाल, सम्मानित नेपाली।। आज सम्म मलाई बिस्वास र गर्व छ र रहने छ नेपाली जनताका नेता गगन थापामा ।

लेखकको नितान्त व्यक्तिगत बिचारमा आधारित 

 रञ्‍जित केसी (MBA Graduate )

Budhanilkantha Municipality-11

(President of Community Care Nepal ).