उदयपुरमा  सवारी  दुर्घटनामा परी १० जना घाइते भएका छन् । त्रियुगा नगरपालिका – १३ बहेर्वाचोकस्थित मदन भण्डारी लोकमार्गमा मङ्गलबार बेल्टारबाट दिउँसो गाईघाटतर्फ आउँदै गरेको प्र.१–०२–००१ ज ४६२१ नं. को ईभि गाडी अनियन्त्रित भई दुर्घटना हुँदा  १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी उपरीक्षक राजन चापागाई जानकारी दिनुभयो ।

उपरिक्षक चापागाईका अनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा  गाडी चालक  काठमाडौँ महानगरपालिका  ३२ बस्ने वर्ष अन्दाजी ४२ को कृष्ण के.सी, झापा सुरुङ्गा नगरपालिका ३ बस्ने वर्ष अन्दाजी ४० बर्षीया  रेणुका प्रसाई,  सोही स्थान बस्ने उहाँको  छोरा वर्ष अन्दाजी १४ को नैन प्रसाई, मोरङ उर्लाबारी नगरपालिका ३ बस्ने वर्ष अन्दाजी  ५० की निल कुमारी लम्साल, सुनसरी ईटहरी उप–महानगरपालिका १२ बस्ने वर्ष अन्दाजी बर्ष ४३ की मुना ढकाल, उदयपुर बेलका नगरपालिका  १ बस्ने वर्ष अन्दाजी  ३८ को प्रबिन तामाङ, मोरङ सुन्दर हरैचा नगरपालिका ४ बस्ने वर्ष अन्दाजी ७० को अमृत बहादुर खड्का,   सुनसरी ईटहरी उप–महानगरपालिका  ८ बस्ने वर्ष अन्दाजी  ३७ की रन्जिता गौतम, चौदण्डिगढी नगरपालिका १० बस्ने वर्ष अन्दाजी  २५ की जमुना परियार बि.क  सोही स्थान बस्ने उहाँको छोरा वर्ष अन्दाजी ९ को अंकित बि.क. मध्यम तथा सामान्य घाईते भएको प्रहरीको भनाइ छ  ।

उक्त दुर्घटनाको खबर प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक राज कुमार खड्काको कमाण्डमा खटिएको ११ जनाको प्रहरी टोलीले घाईतेहरुलाई  उद्धार गरी  उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।