विशेष अदालतले पूर्व उपप्रधानमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारिखमा रिहा गर्न आदेश गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाले आज पूर्व उपप्रधानमन्त्री पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिजो पौडेल विरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोगपत्र दायर गरेको थियो।
आजको थुनछेक बहसपछि अदालतले पौडेललाई साधारण तारेखमा राख्न आदेश गरेसँगै पौडेल हिरासत मुक्त हुनु भएको छ ।
पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ पर्नु भएको थियो । त्यसपछि उहाँलाइ पूर्पक्षका लागि थुनामा राखिएको थियो । विभागले हिजोमात्र मुद्दा दर्ता गरेको थियो ।


प्रतिकृयाहरु