राजावादीको प्रदर्शनका क्रममा काठमाडौँमा भएको आगजनी, तोडफोड र लुटपाटको मुख्य जिम्मेवार ठहर गर्दै सरकारले दुर्गा प्रसाईँलाई पक्राउ गर्न आदेश दिएको छ।
प्रसाइँलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिनुभएको छ ।
प्रहरीले पक्राउ गर्न खोजेपछि राजावादी आन्दोलनका ‘जनकमान्डर’दुर्गा प्रसाईं सम्पर्कविहीन भएका छन्। उनलाई पक्राउ गर्न भक्तपुरस्थित घरमा खोजी गर्दा प्रहरीले फेला पार्न सकेन। उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको खोजीमा जुटिरहेको छ।
प्रहरी अधिकारीहरूका अनुसार प्रसाईंको खोजी तीव्र बनाइएको छ। तर उनि अहिले सम्म फेला परेका छैनन्।
प्रहरीले आन्दोलनअघि प्रसाइँले हिंसा भड्काउने योजना बनाएको भिडिओ फेला पारेपछि उनलाई पक्राउ गर्न लागिएको हो प्रहरीले जनाएको छ ।।
प्रतिकृयाहरु