पूर्वाधार विकास कार्यालयको सुपरभाइजरमा कार्यरत एक जना कर्मचारी अछामको चौरपाटीमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । चौरपाटी गाउँपालिका –५ लुंग्रा निवासी ३५ वर्षीय समशेर खड्का चौरपाटी गाउँपालिका –३ को चिरकाट्यामा मृत अवस्थामा भेटिनुभएको हो । 

मृतक खड्का चौरपाटी–चौखुट्टे सडकमा करिब तीन हप्तादेखि सुपरभाइजरको काममा कार्यरत रहनुभएको थियो । रुखमा झुण्डिएको अवस्थामा आइतबार उहाँको शव फेला परेको वडा अध्यक्ष वीरेन्द्रकुमार साउदले जानकारी दिनुभयो । अछामका प्रमुख डीएसपी नारायण डाँगीका अनुसार घटनाको बारेमा अनुसन्धान थालिएको छ ।