कोरोना भाईरस संक्रमण विश्वभर अझै पनि त्रासपूर्ण क्रमले बढिरहेको अवस्था रहेको छ। संक्रमणको क्रम साम्य हुने स्थिति निकै न्यून रहेकोमा विश्वभरमा अझै सावधानिहरु अपनाइएका छन् र यसै क्रममा नेपालका करिव ३८ वटा जिल्ला समेत जिखिमपुर्ण भइसकेका छन्। बन्दाबन्दी गरिँदा समेत नेपालका खुला सिमाना र साथै बन्दाबन्दिको पूर्ण रुपमा पालना नगरिँदा हाल संक्रमण संख्याले उग्र रुप लिइरहेको छ र मृत्यु हुने व्यक्ति पनि ३ जनासम्म पुगिसकेको छ। आज नेपाल बन्दाबन्दी गरिएको दुई महिना अथवा ६० दिन पूृा हुने क्रममा रहेको छ। 

यसै परिस्थितिको मध्येम‍नजर गर्दै नेपालका हरेक प्रदेश तथा स्थानिय तहमा यस भाईरस संक्रमणको परिक्षण तिब्र रुपमा बढाइएको छ। बूढानीलकण्ठ नगरपालिकामा पनि केहि दिन अघि एकजना महिलामा भाईरस संक्रमण देखिएपश्चात् उक्त वडा तथा पुरै नगरपालिमामा थप सतर्कता अपनाइएको छ। यसै सिलसिलामा बू.न.पाको जनस्वास्थ्य शाखाद्वारा हिजो देखि परिक्षणलाई तिब्र गरिएको छ। हिजो नगरपालिकाका दुई स्थान नगरपालिकाको कार्यालय र कपन १० मा रहेको ह्याण्डबल ग्राउण्डमा गरिएको पहिलो चरणको आर.डि.टी परिक्षणमा गरि जम्मा २४७ जनाको परिक्षण गरिएको छ जसमध्ये २१ जनामा आर.डि.टी पोजेटिभ देखिएको थियो।

नगर जनस्वास्थ्य शाखाका प्रमुख कुमार प्रसाद दाहालका अनुरुप हिजो आर.डि.टि पोजेटिभ देखाएका व्यक्तिहरुको स्वाब संकल गरि टेकु स्थिति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइसकिएको जानकारी प्रदान गर्नुभएको छ। साथे तिनै व्यक्तिहरुको नतिजा १ २ दिनमै आउने समेत उहाँले बताउनुभएको छ। 

आज पनि नगरपालिकाका अग्रपङ्तिमा कार्य गरिरहेका विभिन्न व्यक्तिहरु तथा वडागत रुपमा जनप्रतिनिधिहरुको आर.डि.टि परिक्षण गरिनेछ। आज गरिने परिक्षणमा स्वास्थ्यकर्मीहरु १० जना, नगरपालिकाका कर्मचारी १० जना, वडा १ देखि ५ सम्मका वडा समिति तथा जनप्रतिनिधिहरु, जोखिम समुहका १५/१५ जना, र साथै संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरु गरि जम्मा १४८ को परिक्षण गरिने जनस्वास्थ्य शाखाका प्रमुख दाहालले जानकारी दिनुभएको छ। परिक्षणको समय करिव १०ः३० देखिनै शुरु गरिनेछ।   

बन्दाबन्दिको शुरुवाति दिन देखिनै अन्य विभिन्न क्षेत्रका कार्यहरु बन्द भएता पनि जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा अन्य व्यक्तिहरु दिनरात जनताहारुका लागि कार्यरत रहेका छन्। साथै बन्दाबन्दिकै समयमा अन।य जिल्लाहरुमा संक्रमण संख्या बढेसँगै काठमाडौँ प्रवेस गर्ने क्रम समेत बढ्दै गएका कारण तिनै व्यक्तिहरुको आज परिक्षण गरिने भएको हो।