गायिका आनी छोइङ डोल्माले काठमाडौंमा शुक्रबार सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेकी छिन्।

अन्तर्राष्ट्रिय समुदायका ब्यक्तिहरुलाई लक्षित गर्दै आनीले काठमाडौंको हायात होटलमा आफ्नो प्रस्तुती दिइन्। उनको कार्यक्रम हेर्न चीन,रुस र हङकङका छ सय जनाभन्दा बढी उपस्थित थिए। उनीहरु आ-आफ्नो देशमा टिकट काटेर हवाइ भाडासमेत आफैँ तिरेर आनीको कार्यक्रममा सहभागी भएका हुन्।

'गुरु ब्लेसिङ' नाम दिएको कार्यक्रममा आनीले नेपाली र चाइनीज भाषाको गीत सुनाइन्। उनले नेपाल भ्रमण वर्ष २०२० सुरू हुन लागेको बताउँदै स-परिवार नेपाल भ्रमणमा आउन सहभागीलाई आग्रह गरेकी छन्।

(सेतोपाटी)