बूढानीलकण्ठ नगरपालिकामा तरुण दलहरुका साथ माननीय गगन कुमार थापाले छलफल कार्यक्रम भएको छ। 

बू.न.पा वडा नं ८ सुन्दरवस्तीमा हिजो पौष १५ गते बिहिबार आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका युवाहरुका माझमा रहेर युवाहरुले उठाएका विषयहरुमा केन्द्रित रहेर छलफल गरिएको थियो। साथै उक्त विषयहरुलाई भावी योजना/आयोजनाहरुमा कसरी अघि बढाउने भन्ने विषयमा छलफलहरु गरिएको थियो। 

यस क्षेत्रका युवा तथा नागरिकहरुबीच उब्जिरहेका विभिन्न प्रश्नहरुलाई माननियले सम्बोधन गर्नुबएको छ। छलफलका लागि प्रमुख विषयहरु एमसिसि (MCC), सडकहरुको विस्तार तथा स्तरोन्नोतरी, ट्राफिक जामको समस्या तथा व्यवस्थापन, युवाहरुको रोजगारी तथा अवसरहरु, विकास निर्माणका कार्यहरु र त्यसको निरन्तरता र राष्ट्र प्रतिको युवाहरुको मुख्य भुमिकाहरु रहेका छन्। 

यसै विषयहरुमा केन्द्रित रहि माननीय थापाद्वारा प्रकाश पारी यस विषयहरुलाई मध्यनजर गरि भावी योजनाहरुमा उल्लेखगरि कार्यान्वयनका पाटोलाई समेत बलियो बनाउने लगायतका छलफल कार्यक्रममा भएको थियो।