मोरङ, २०७८ माघ २ गते । 
मोरङको पथरीशनिश्चरे नगरपालिका-२ का ३३ बर्षीय जय शर्मालाई श्रीमति कुटपिट गरी हत्या गरेको आरोमा प्रहरीले पक्राउ गरेको छ ।
 गत पौष ३० गते  शर्माको कुटाईबाट  घाईते भएकि १९ बर्षीया श्रीमती पुजा बि.क.लाई उपचारको लागि नोवेल अस्पताल बिराटनगर लगिएकोमा निजको अस्पतालमा उपचार हुन नसकि घर लाने क्रममा बाटोमै मृत्यु भएको थियो । 
उक्त घटनामा संलग्न शर्मालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।