बूढानीलकण्ठ नगरपालिका वडा नं २ मा आ.व २०७९/८० का लागि वडा स्तरीय यिजना संकलन कार्य भोली मिति २०७९ १८ गतेदेखि शुरु हुने भएको छ। 

वडा अन्तरगतको योजनाहरु संकलन कार्यका लागि वडा अन्तरगतका टोल वासीहरुले आ-आफ्नो टोल अन्तर्गतका लागि महत्वपूर्ण अथवा वडा विकासका लागि आवश्यक रहेका योजना तथा कार्यक्रमहरुको संकलन गरिनेछ। वडाभित्रका टोल सुधार समिति देखि, वडाको क्लवहरु, महिला समुह अथवा वडा वासीहरुमाझ हुने उक्त योजना संकलनका लागि वडाले सूचना जानकारी सार्वजनिक गरेको छ। 

योजना संकलन कार्यक्रम

तपशिलः

क्र.सं टोलको नाम मिति समय स्थान
तौलुङ्ग २०७९ जेष्ठ १८ बिहान ७ देखि ८ बजेसम्म राजु लामाको घर अगाडी
बँदेली २०७९ जेष्ठ १८ बिहान ८ देखि ९ बजेसम्म राधाकृष्ण मन्दिर
वासिक २०७९ जेष्ठ १९ बिहान ७ देखि ८ बजेसम्म गणेश मन्दिर वासिक
महादेव खोला २०७९ जेष्ठ १९ बिहान ८ देखि ९ बजेसम्म गणेश मन्दिर महादेव खोला
पिपल बोट भंगाल २०७९ जेष्ठ २० बिहान ७ देखि ८ बजेसम्म वडा कार्यालय
भंगाल २०७९ जेष्ठ २० बिहान ८ देखि ९ बजेसम्म नागरिक बजार

योजना संकलन तथा अन्य कुनै पनि कार्यबारे जानकारी गर्न /गराउनका लागि वडाका जनप्रतिनिधीहरुलाई सम्पर्क गर्न सकिनेछ। 

सम्पर्क नम्बरहरुः

१. राजेन्द्र श्रेष्ठ (वडा अध्यक्ष); ९८५१०२९५३८

२. राजकाजी श्रेष्ठ (वडा सदस्य); ९८४१३९१८४८

३. राम विनोद लामिछाने (वडा सदस्य); ९८५१०७२१२९

४. पार्वती श्रेष्ठ (महिला सदस्य); ९८४१७५४९४२

५. सीता सुनार (द.महिला सदस्य); ९८०८८४५२८६