काठमाडौँ, भाद्र २३ गते।

बुधबार मिति २०२९ भाद्र २२ गते बिहान ७:१७ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) पश्चात विधिवत रुपमा इन्द्र जात्रा सुरु भएको छ।

आठ दिनसम्म चल्ने जात्राको पहिलो दिन पुलुकिसी, लाखे, सवःभकु पनि निकालिन्छ । विशेषत पहिलो दिनलाई ‘उपाकु’ भनिन्छ । पहिलो दिनको साँझमा नेवार समुदायहरु मृतकको संझनामा बत्ती (पाल्चाः) दिँदै नगर परिक्रमा गर्ने पनि परम्परा रहेको छ । भदौ २८ गते बेलुकी इन्द्रध्वजोपान पश्चात यो जात्रा समापन हुन्छ ।