बूढानीलकण्ठ नगरपालिका वडा नं १३ मा गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

आज बिहान करिव ९ः४५ बजेको समयमा वडा १३ बाट सञ्चालित संयुक्त यातायातको बसले ठक्कर दिँदा सो बालिकाको मृत्यु भएको हो । मृत्यु हुने बालिका करिव ४ वर्षको रहेको जनाइएको छ ।

बिहान आफ्नो आमासँगै विद्यालय जाँदै गरेको अवस्थामा चुनिखेल टुपेकमा सो बालिकालाई ठक्कर दिएको जनाइएको छ। 

बालिकाको मृत्यु भए पछी स्थानियले पिडित पक्षले न्याय पाउनु पर्ने माग राख्दै बिरोध जनाएका थिए भने उक्त घटनामा केहि गाडीहरु तोडफोड भएको स्थानियले बताएका छन् । 

उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रभाग बूढानीलकण्ठले जनाएको छ ।