बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ ले सडकमा भएका घर टहरा हटाउने सम्बन्धी ३५ दिने सूचना जारी गरेको छ ।

चुनिखेल गाम्चा पुखुचा सडक धेरै समय देखि साइड क्लियर नभएर सडक मर्मत शुरु नभइरहेको कारण सर्वसाधाहरणलाई आवत जावतमा समस्या परिरहेको र सडक निर्माणका निम्ति वाटोमा स्थलगत निरिक्षण नाप जाँच गर्दा तपशिल बमोजिमका घरहरु बाटोमा परेको देखिएकोले उक्त घरहरु भत्काउन वडाले भाद्र २८ गते सुचना प्रकाशन गरेको हो ।

बारम्बार ताकेता गर्दा पनि उक्त अनधिकृत घरहरु नभत्काइएको हुँदा सडक निर्माणमा ढिलासुस्ती भएकोले यसको तुरुन्तै कार्यान्वयन गर्न सम्बन्धित सबै घर धनिको नाम सहित सुचना प्रकाशन भएको छ ।

३५ दिन भित्र उक्त उल्लेखित घरहरु भत्काई सडक निर्माण कार्यमा सहयोग गरि नागरिक कर्तव्य निर्वाह गरिदिनुहुन सम्बन्धित सरोकारवालाहरुलाई वडा अध्यक्ष टिकेश नारायण श्रेष्ठले अनुरोध गर्नु भएको छ ।