जापानको ओईजुमी नगरपालिकाका मेयर मुरायामाले बुढानीलकण्ठ नगरपालिका भ्रमण गर्नुभएको छ ।
जेठ ०१ गते मेयर तोसिआकी सहित उहाँका स्वकिय सचिव ताकोई सिहायुकी, उक्त नगरपालिकाका बहुसाँस्कृतिक विभाग प्रवन्धक फुकुदा मासामी सान र सोही विभागका सान खुनिको हासेगावालाई नगर प्रमुख मिठाराम अधिकारीले स्वागत गर्नुभएको थियो ।
बुढानीलकण्ठ नगरपालिका र ओईजुमी नगरपालिका विच विस्तार भएको भगिनी सम्बन्ध विस्तार गर्ने उद्देश्य सहित नेपाल साझा समाज जापानको समन्वयमा उहाँहरु नगरपालिका आउनुभएको हो ।
भेटघाटको क्रममा औपचारीक कार्यक्रम आयोजना गरी दुई नगरपालिकाले आ-आफ्नो क्षेत्रमा गरिरहेको विकासका असल अभ्यास सम्बन्धी विशेष अन्तरक्रिया भएको थियो ।
बुढानीलकण्ठ नगरपालिका अनिता लामाले स्वागत मन्त्वय राख्नुहुँदै नगरपालिकाको भौगोलिक बनावट, साँस्कृतिक विविधता र यहाँका सम्भावना र चुनौतीको विषयमा जानकारी गराउनुभयो ।
नगर प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले श्रमिक सुचीकरण, स्वास्थ्य बीमा, १० कक्षा सम्मका विद्यार्थीहरुलाई निःशूल्क दिवा खाजा, खोला सरसफाई अभियान, सामुदायिक जनावर व्यवस्थापन, कृषिका प्राविधिक औजार वितरण, र विभिन्न साँसकृतिक तथा खेलकुद महोत्सव र उत्सव जस्ता नगरपालिकामा विगत २ वर्ष यता संचालन भईरहेका विकासका उत्कृष्ठ अभ्यासहरुबारे वृष्तृत जानकारी दिनुभएको थियो ।
अन्तरक्रियाको क्रममा मेयर मुरायामा तोसिआकीले बुढानीलकण्ठ नगरपालिकाले गरेको स्वागत र सत्कारलाई विशेष धन्यवाद व्यक्त गर्दै यहाँको फोहोर मैला र विपद व्यवस्थापन चुनौतिको विषयमा आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
दुई दिनको भ्रमणका लागि आउनु भएका जापानी मेयरद्वारा नगरपालिकाका विभिन्न धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको भ्रमण तथा अवलोकन गर्नुभएको छ।
सो टोली प्राचीन तथा ऐतिहासिक बुढानीलकण्ठ मन्दिरकाे दर्शन गरी नाङ्गी गुम्बासम्मको यात्रा पश्चात यस नगरपालिकाको फोहोरमैला व्यवस्थापनको स्थिति समेत अवलोकनका लागि वडा नं १३ चुनिखेलमा गएको थियो ।
उहाँले यहाँका यूवाहरुलाई आफ्नो नगरपालिकामा रोजगारीको अवसर सिर्जना गर्दै उनिहरुले त्यहाँबाट सिकेका अभ्यास नेपालमा प्रयोग गर्न उत्साहित गर्ने बताउनुभएको छ । सोहि क्रममा मेयर तोसिआकीले बुढानीलकण्ठका जनप्रतिनिधि र सम्बन्धीत प्रशासनीक कर्मचारीहरुलाई आफ्नो नगरपालिकाको अवलोकन भ्रमण गर्नुहुन निमन्त्रणा गर्नुभएको छ ।
कार्यक्रममा आफ्नो मन्तव्य मार्फत नगर प्रमुख मिठाराम अधिकारीले ३ महिना अघिको जापान भ्रमण उत्तिकै फलदाई भएको अनुभव सुनाउँदै दुई नगरपालिका विचको भगिनी सम्बन्ध कायम राख्न सधै साथ र सहयोग रहने प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।
आज भएको यस कार्यक्रममा जापानका प्रतिनिधि सहित सहकार्य भुमिकामा रहेको नेपाल साझा समाजका अध्यक्ष वुद्धि सेरचन, सल्लाहकार रन्जय अमात्य, महासचिव निरज गुरुङ र पूर्व महासचिव गोपाल पोखरेलको उपस्थिति रहेको थियो ।
नगरपालिकाको तर्फबाट मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा सहित सम्पुर्ण जनप्रतिनिधी, कर्मचारी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
यस नगरपालिकाको सामुदायिक विद्यालयहरुको व्यवस्थापन तथा शिक्षा प्रणालीका विषयमा अध्ययन अवलोकनका लागि ग्राम शिक्षा मा. विमा जाने कार्यक्रम रहेको छ। साथै दुई दिनकाे भ्रमणमा साँझको खाना पस्चात नगरपालिकाबाट बिदा हुने नगरपालिकाको कार्यक्रम तालिका रहेको जनाइएको छ।
प्रतिकृयाहरु