बडाई यो कोरोना भाइरसले छेपारोले झैँ रङ्ग फेरि फेरि विश्वभरी घेरेको छ रे किनार झैँ 

हाम्रो देशमा भने पद प्रतिष्ठा कै किन लडाई

आफ्नै नालै पहिल्याउन नसक्नेले सालै देखाउने रे किन

आफ्नालाई पन्छाएर अर्कैलाई भए रे रिझाउने

एउटै वर्गका समस्याको समाधान मिलाउन नसक्नेले के देशको र जनताको समस्या कसरी कसरी होलान् मिलाउने 

कोहि भए काउसोत कोहि चाहीँ भए रे चिलाउने

यस्तै भएमा हामी पनि दामभन्दा पनि नाममा समेत हौँ कि क्यारे बिलाउने। 

 

लेखः दामोदर भण्डारी 'निलकण्ठ' 

मिति २०७८ जेष्ठ २४