काठमाडौं । फ्रान्कलिन एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा 'तेस्रो कृजल एफसी गर्ल्स ओपन फुटसल प्रतियोगिता' आयोजना हुने भएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर आगामी वैशाख १ गते (२०८३/०१/०१) सुकेधारास्थित रेभ फुटसलमा यो प्रतियोगिता संचालन हुनेछ।

महिला फुटबल खेलाडीहरूको सीप र क्षमता प्रदर्शन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस प्रतियोगितामा प्रथम हुने टोलीले नगद ४०,००० रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुने टोलीले २०,००० रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि दर्ता शुल्क ५,००० रुपैयाँ तोकिएको छ। प्रतियोगिताका बारेमा थप जानकारी लिन वा टिम दर्ताका लागि आयोजकले ९८५११३२५१६ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

पछिल्लो समय नेपालमा महिला फुटबल र फुटसलप्रतिको क्रेज बढ्दै गइरहेको अवस्थामा यस किसिमको प्रतियोगिताले ग्रासरुट स्तरका खेलाडीहरूलाई थप हौसला प्रदान गर्ने विश्वास लिइएको छ।