भ्रमण वर्षमा ललितपुर महानगरपालिकाभित्रका होटल तथा रेष्टरेन्टमा छुट दिइने भएको छ। ललितपुर महानगरपालिकाको आग्रममा स्थानीय व्यवसायीले छुट दिने भएको महानगरपालिका प्रमुख चिरीबाबु महार्जनले बताए।

'हामीले ललितपुरका होटल, रेष्टुरेन्टमा केही छुट दिनु भनेका छौँ। उहाँहरूले पनि हन्छ भन्नु भएको छ, कति दिने भन्‍ने विषयमा हामी छिटै जनाकारी गराउछौँ।' बुधबार पर्यटन मन्त्रालयमा गिरएकै कार्यक्रममा महर्जनले भने। उनले भ्रमण वर्षलाई लक्षित गरेर ललितपुर महानगरपालिका महानगरमा विभिन्न कार्यक्रमहरू राखेको प्रतिक्रिया दिए। ललितपुर महानगरपालिका भित्रका धेरै सम्पदाहरूको पुनर्निर्णमाको काम सकिएको, केही नयाँ मन्दिरहरू बनाउन थालिएको, सरसफाइलाई प्राथमकिता दिइएको प्रमहुख महर्जनको भनाई छ। उनले ललितपुरलाई हरियाली बनाउने अभियान पनि सुरु गरेको बताए। त्यस्तै, रातिमा पनि भ्रमण गर्नको लागि बत्तीको व्यवस्था गरेको महर्जन भनाइ छ।

महानगरपालिकाले भ्रमण वर्षलाई नै केन्द्रित गरेर नमस्ते सेन्टर निर्माण गरेको पनि उनले बताए। यसअघि होटल एसोसियसन अफ नेपालले पनि भिजिट नेपालमा खाना बस्‍नको छुट दिने जनाएको थियो