नेपालको १०० महत्वपुर्ण गन्तव्यस्थल मध्ये सुचिकृत बूढानीलकण्ठ मन्दिरको महत्व सबैमा अवगत नै रहेको छ त्यसलाई बखान गर्नुपर्ने कुनै आवश्यकता रहँदैन पनि। सोहि मन्दिरमा हरेक वर्ष ऐकादशी लगायत विभिन्न महत्वपुर्ण  तिथि तथा दिनहरुमा दर्शन गर्नका लागि भक्तजनहरुको लर्को लाग्ने गर्दछ। तर थुप्रै वर्षदेखि सोहि मन्दिरको प्रमुख प्राङ्गणको अथवा बाहिरी परिसर भने जस्ताको त्यस्तै भताभुङ्ग स्थितिमा रहेको छ। सोहि कारण यस मन्दिरको दर्शनका लागि आउने तिर्थालु तथा भक्तजनहरुलाई परिसर पहिल्याउनै कठिनाई हुँदै आएको छ। 

बूढानीलकण्ठ मन्दिर जलासयी नारायण मन्दिर तथा यहाँको अद्भुत मुर्ति रहेको यसको इतिहास, यसको निर्माण अथवा उत्पत्तिका विषयमा थुप्रै किसिमका चर्चा परिचर्चा भईरहने गर्दछ। हिन्दु धर्मावलम्बिहरुका लागि निकै महत्व राख्ने एक धार्मिक स्थल हो। बूढानीलकण्ठ मन्दिर वरपर मुख्यत पूर्वितर्फको प्रवेशद्वार हुँदै पिपलको रुख रहेको तथा चौतारा वरपरको स्थान, दक्षिणतर्फको सिँढि देखि पश्चिम्तर्फको प्रवेशद्वार वरपरको दायाँ-बायाँनै फलफूल लगायत मन्दर दर्शनका लागि भक्तजनका लागि आवश्यता रहने गरि सहज रुपमा सनातनका परम्परगत सामाग्री बिक्रि-वितरण गरिँदै आएको छ। 

परम्परागत मुल्य-मान्यताका हेतुले हो भने उक्त व्यवसायहरु यहाँ आउने दर्शनार्थीहरुको सहजताका लागि निकै स्वभाविक रहन्छ। यद्यपि धार्मिक स्थल क्षेत्रकाको स्वरुप कस्ति हुनुपर्ने हो भन्ने विषयमा स्थानिय तथा सर्वसाधारणले मन्दिरको ऐतिहासिकता र महत्व बारे मनन गरि यहाँको सामाजिक, भावनात्मक दृष्टिकोणबाट स्वतस्फुर्त परिवर्तन भइदिनुपर्ने देखिन्छ। आ-आफ्नो तोकिएको स्थानमा रहेर सो सडक परिसरलाई यथावत राखेर यहाँ आउने सर्वसाधारण तथा दर्शनार्थीहरुका लागि आवत-जावत गर्नका लागि निकै सहज हुने भन्ने कुरा समेत यहाँका स्थानिय तथा मन्दिरको नाम गठन गरेका आधिकारीक निकायहरुले ध्यान दिनुपर्नेमा कुनैपनि निकायले आफ्नो स्थानबाट उपयुक्त भूमिका खेलेको समेत हामीले देख्न पाएका छैनौँ। 

दैनिक हामीले आफ्नो शरिरलाई भने विभिन्न किसिमका बजारी सौन्दर्य सामाग्री, लवाई-खवाईहरुको प्रयोग गरि सुन्दर रख्ने प्रायस गरिरहेका हुन्छौँ। हामी हिन्दुहरुको मान्यता अनुरुप हामी सबैको कर्ताधर्ता मानिने हाम्रो ईश्वरको र प्रकृतीद्वारा दिइएको एक वरदान अथवा एक उपहार हामीमा मानविय चेतना भने हराउँदै गएको हो कि भन्ने जस्तो प्रश्न चिन्ह उठ्न थालेका छन् अथवा भविष्यमा उठ्न नस्क्ला त्यो भन्न सकिँदैन। यस मन्दिरको हामी मानव सभ्यताद्वारा प्राचिन युगमा निर्माण गरिएको हो वा प्रकृतिद्वारा दिइएको एक वरदान हो अथवा आफै उत्पत्ती भएको हो किन आजसम्ममा पुष्टि नभएता पनि यस बूढानीलकण्ठ जलासायी नारायणलाई निकै ठुलो आस्था बोकेर हामी आफैँले पुज्दै आएका छौँ। यती सुन्दर र मनमोहक दृश्य भएको देखिने यस मन्दिरको विशेषता जतिनै धेरै बखान गर्दा पनि नसकिनेमा तिनै भगवानको मुख्य प्राङ्गणलाई हामी जस्ताले नै आफ्नो कर्मभुमिप्रतिको कर्तव्यलाई लत्याएर कुरुपता तर्फ धकेल्दै छौँ।   

आज सम्म पनि यस मन्दिरका विषयमा विभिन्न किसिमका जिज्ञासाहरु उत्पन् हुने गर्दछ। यस मन्दिरको नाम बूढानीलकण्ठकनै किन राखियो? उच्च वर्गका व्यक्तित्वहरु देखी निम्न वर्गहरु बिच मध्ये सबैमा विभिन्न किसिमका कौतुहलता अझैसम्म सुल्झाउन निकै कठिन रहेको पाइन्छ। बूढानीलकण्ठ मन्दिरको महत्व यस नगरभित्र मात्रै सिमित नभई पूरा देशभर अथवा छिमेकी राष्ट्रहरुमा पनि निकै महत्वपुर्ण एतिहासिक तथा पवित्र धार्मिकस्थलको रुपमा रहेको छ। सोि नगरका बासीहरु पनि यसबारे जानकार रहेतापनि सो धार्मिक क्षेत्रलाई सकारात्मक रुपमा परिवर्तन गर्नुपर्छ  भन्ने आवश्यकतामा ध्यान दिनुपर्ने खालका गुनासो विगत देखी चलिरहेको छ। यस मन्दिर क्षेत्रको स्वरुप तथा यहाँको उचित व्यवस्थापनका लागि जिम्मेवार निकायहरुले समेत यस मन्दिरको अवस्थालाई बेवास्ता गर्दै आएको पनि हामीले प्रत्यक्ष देखिरहेका छौँ। 

कतिपय समयहरुमा सो निकायद्वारा मौखिकरुपमा योजनाको निर्माण तत्कालै गरि कार्यान्वयनमा ल्याईने भन्ने जस्ता कुराहरु सुन्दै आएको पनि  वर्षौँ बितिसकेको हामी सबै साक्षिनै रहेका छौँ। तर आजसम्म पनि मौखिक कुराहरुलाई न त नीतिगत रुपमा कतै उल्लेख गरिएको पाएका छौँ न त कुनै खालका ठोस कदम चालिएको देखेका छौँ। जसले गर्दा यस मन्दिरको सहि स्वरुप देख्न हामीले पाएका छैनौँ। 

अव्यवस्थित रुपमा बढिरहेको बस्ती विकास तथा शहरीकरणका कारणले यो पवित्र धार्मिक स्थललाई नकारत्मक असर गरिरहेको हामीले प्रत्यक्ष हेर्न बाध्य भएका छौँ। बढ्दो सवारीसाधनको प्रयोगका कारण बूढानीलकण्ठ मन्दिरमा आवत-जावत गर्ने तिर्थयात्री तथा भक्तजन र पैदल यात्री लगायत त्यस स्थान वरपरका विद्यार्थीहरुका साथमा स्थानीयहरु समेतलाई अतिनै जोखिमयुक्त भईरहँदा समेत सर्वसाधारणको लागी वैकल्पिक सडक मार्ग प्रति उचित ध्यान दिई यसको सहि ढंगमा व्यवस्थापनका ठोस कदम चालिएको हामीले कतै पाउन सकेका छैनौँ।

धार्मिक स्थलहरु मात्रै नभई यस नगरपालिकाको अर्को निकैनै महत्वपूर्ण र पर्यटनका हिसाबले समेत महत्वपुर्ण प्राकृतिमा समेत निकैनै ठुल असर गरेको देखिन्छ। वासस्थान तथा शहरीकरणका कारण यहाँका जङ्लहरुलाइ समेत मासि प्लटिङ्ग गरि घर, बाटो, ठुला-ठुला होटेलहरुको निर्माण गर्ने क्रम बढ्दो छ। यो सबै भइरहेको देख्दा देख्दै पनि सम्बन्धित निकायहरु भने चुपचाप हेरिरहेका छन्।    

यसरीनै वेवास्ता गरि व्यवस्थापनका लागि सम्बन्धित निकायहरुले ध्यान नदिने हो भने यस स्थानको महत्व हराउँदै जान सक्ने र यहाँको संस्कृति, परम्परा देखि यहाँको प्राकृतिक स्रोतहरु लोप हुने चिन्ता यथावत रहनेछ। 

-लेख दामोदर भण्डारी 
सम्पादन सुमित्रा श्रेष्ठ