काठमाडौं, जेठ ५ गते । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीच विवादबारे छानविन गर्न गठित समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाएको छ ।

नेपाली सेनाका पूर्व उपरथी समेत रहेको पूर्व राष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा रहेको ३ सदस्यीय समिति पूले बुधबार अबेर एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई प्रतिवेदन बुझाएको हो । समितिमा राणासहित पूर्व खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा हुनुहुन्थ्यो । 

समितिले सात दिन भित्र प्रतिवेदन एन्फाले सार्वजनिक गरेर कार्यान्वयन गर्न सुझाव दिएको छ । समितिले १० दिन लगाएर तयार पारेको २८ पृष्ठ लामो प्रतिवेदन बुझ्दै एन्फा महासचिव तुलाधरले प्रतिवेदनको अध्ययन पछि कार्यान्वयनमा लैजाने बताउनुभयो । प्रतिवेदन तयार गर्ने क्रममा मितिले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव तुलाधर, एन्फाका अन्य पदाधिकारी, प्रशिक्षक अल्मुताइरी, व्यवस्थापक र प्रशिक्षण क्याम्प छाडेका सिनियर खेलाडी रोहित चन्दसहित १० खेलाडीसँग पनि छलफल र सोधपुछ गरेको थियो । 

एसियन कप छनोटको तयारीमा रहेका फुटबल टोलीका १० खेलाडीले प्रशिक्षकले नराम्रो ब्यवहार गरेको भन्दै एक्सासी क्याम्प छाडेका थिए । त्यसपछि प्रशिक्षक अल्मुताइरीले १७ खेलाडी थपेर प्रशिक्षण क्याम्पलाई निरन्तरता दिँदै आउनुभएको छ ।