कालीकोट, जेठ १२ गते । संकास्पद रूपमा ज्यान गुमाएका रास्कोट नगरपालिका ८ का प्रेम दर्जीको परिवारलाई कानुनी प्रक्रियामा नजान दवाव दिएको परिवारले जनाएको छ । 

मृतकका भाई लाल दर्जीका अनुसार राज्य पक्षवाट मुद्दा दर्ता नगर्न दवाव आएको बताउनुभयो । दाई प्रेम सहभागी भोजको आयोजक रास्कोट नगरपालिका नवनिर्वाचित प्रमुख, उपप्रमुख छानविनका लागि कानुनी प्रक्रिया जाने भएको छ । 

नेकपा (माओवादी केन्द्र) का नेता हजा सुनार, उपप्रमुख मनिराज वराल लगायतले फोन गरेर कहाँ कसरी मिलाउन सकिन्छ हामी क्षतीपुर्तिको व्यवस्थापन गर्न तयार छौ, तर मुद्दा दर्ता गर्ने प्रकृयामा नजानु भनेर दवाव दिएको मृतकका भाई लाल दर्जीले बताउनुभयो । 

कसैको नाममा किटानी नदिनु भन्दै फोन गरेर दवाव दियो उहाँले भन्नुभयो । माओवादी नेता समेत रहेका दलित अधिकारकर्की भैरे तिरुवा, गौरी दर्जी, हजा सुनार, नगर प्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज वरालले पटक पटक फोन गरेर दवाव दिएको उहाँले बताउनुभयो । 

 

नेकपा (माओवादी केन्द्र) का नेता हजा सुनार, उपप्रमुख मनिराज वराल लगायतले फोन गरेर कहाँ कसरी मिलाउन सकिन्छ हामी क्षतीपुर्तिको व्यवस्थापन गर्न तयार छौ, तर मुद्दा दर्ता गर्ने प्रकृयामा नजानु भनेर दवाव 

 

घाटमै पोष्टमार्टम नभएको शव मलामीले देखेपछि करिब ५ घन्टासम्म दाहसंस्कारको काम रोकिएको थियो । स्वास्थ्यकर्मीको टोलिले सोमवार बेलुका ४ः३० बजे तिर चिहानघाटमै पुगेर पोष्टमार्टम गरेको थियो । 

संकास्पद मृत्यु भएको घटनालाई शक्ति केन्द्रहरूको चलखेलका कारण दोषिलाई उन्मुक्ति दिन पोष्टमार्टम बिना शव गाड्न लगाउन खोजिएको आरोप परिवारको रहेको छ । मृतक दर्जी जेठ ६ गते रास्कोट नगरपालिकाको प्रमुख र उपप्रमुखको विजयी भोजमा सहभागी हुन बयालपाटा हुँदै पाटेडील उपप्रमुखको घर पुगेका थिए । सोही राति दर्जी बेपत्ता भएका प्रहरीको अनुसन्धानमा खुलेको छ । 

वेपत्ता भएपछि खोजी गर्दा दर्जीको सव नजिकै पाटेडीलको पानिगौंडा कुलोमा जेठ ७ गते साझ ६ बजे भेटिएको थियो । शव लाई जेठ ८ गते बिहान पोष्टमार्टम गर्न रास्कोट सामुदायिक अस्पतालमा पठाएपनि  पोष्टमार्टम नगरी अस्पतालले शव पठाएको थियो । परिवारको दवाव पछि घाटमै पुगेर स्वास्थ्यकर्मीले पोष्टमार्टम गरेको थियो ।