प्रविधीमैत्री सेवाप्रवाहमा विशेष शुरुवात भएसँगै बुढानीलकण्ठ नगरपालिकाले नागरिकहरुले 'क्युआर कोड' मार्फत नै राजश्व तिर्नका लागि सेवा शुरू गरेको छ ।

हाल विभिन्न क्षेत्रहरुमा डिजिटल प्रविधीको प्रयोगलाई प्राथमिकतामा राखिए सँगै बुढानीलकण्ठ नगरपालिकाले शुरु गरेको सेवाहरुमध्ये राजश्व संकलनको कार्य डिजिटल माध्यमबाट संकलन गर्न शुरु भइसकेको छ ।

यसै सन्दर्भमा बुढानीलकण्ठ नगरपालिका वडा नं २ मा डिजिटल प्रविधी (क्यु आर स्कान) बाट राजश्व संकलन कार्य प्रारम्भ भएको छ ।

वडा नं २ का स्थानीय देवराज सानु खड्काद्वारा पहिलो राजश्व भुक्तानी भएसँगै क्यु स्कयान मार्फत राजश्य संकलन कार्य शुरु भएको जानकारी वडा २ का अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।  

बुढानीलकण्ठ नगरपालिकाका हरेक वडाहरुमा यस सेवाको शुरुवात भइसकेको छ ।