काठमाडौँ । काठमाडौँको चन्दागिरि नगरपालिकामा एक जनाको हत्या भएको छ । दाजुभाइबीचको सामान्य घरायसी विवादमा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु प्रहारबाट एक जना मृत्यु भएको छ भने अर्का एक जना घाइते छन् । महानगरीय प्रहरी वृत्तअनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र अशोक बस्नेतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु दाजुभाइ हुन् ।

एक जनालाई आइतबारै पक्राउ गरिएको थियो भने अर्का चाहिँ भागेर धादिङ पुगिसकेका थिए । उनलाई सोमबार पक्राउ गरेर ल्याएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।