ललितपुर (पाटन) का सुप्रसिद्ध राजा सिद्धिनरसिंह मल्ल कला तथा संस्कृतिका एक उत्साही संरक्षक हुन्। उनले सन् १६४१ (नेसं ७६१) मा कार्तिक नाचको परम्परा सुरु गरका थिए। 

कार्तिक नाच पाटन दरबार क्षेत्रमा हुने एक नेपाल कै एतिहासिक नाच हो । यो नेपालभाषामा आधारित एक सांस्कृतिक नाच हो जहाँ स्थानीय संगीत, नाटक र नृत्यको प्रदर्शन गरिन्छ। 

एक महिना सम्म नचाइने यस नाच अति जटिल परिस्थितिमा अनुसार २ दिन सम्ममात्र देखाइने भए पनि हालसम्म रोकिएको अवस्था छैन। 

यस वर्ष कार्तिक नाच करिव ८ दिन सञ्चालन गर्ने जनाइएको छ। सो नाच देखाउने क्रममा कलाकारहरु पाटन दरबार क्षेत्रस्थित नास: चोकमा नाच तालिम गर्दैछन्। यो तिहार सकिए लगत्तै नाच सुरु हुन्छ।