काठमाडौं, साउन २६ गते । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले बिहीबार अध्यक्ष केसीको शैक्षिक योग्यता नपुगेको भन्दै उहाँको नियुक्तिविरुद्ध रिट दर्ता भएको जानकारी दिनुभयो ।

साउन ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रवक्ता पौडेलका अनुसार नरेश पौडेलसहित पाँचजनाले शैक्षिक योग्यता नपुग्ने भन्दै नियुक्ति बदरको माग गरी केसीविरुद्ध रिट दर्ता गर्नुभएको हो । उक्त रिटमाथि साउन ३० गते सोमबार प्रारम्भिक सुनुवाइ हुनेछ ।

-गोरखापत्र