विभिन्न व्यक्तिहरुसँग विभिन्न वहानामा रकम ठगी गर्ने जिल्ला रौतहट मुडवलवा-३ हाल गौर न.पा.-१ स्थायी घर भई का.जि.कलंकी बस्ने वर्ष-५१ को सत्येन्द्र प्रसाद यादव मिति २०७५/११/१३ गते का.जि.का.म.पा-०२ लाजिम्पाटबाट अपहरण भएको भन्ने सुचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०७५/११/१४ गते रातको अं.२३:०० बजे का.जि.तारकेश्वर न.पा-०३ पाँचपाने स्थित सुदिप फुयाँलले संचालन गरेको रिसोर्टमा साथीहरुसँग बसिरहेको अवस्थामा फेला पारी यस कार्यालयमा ल्याई सोधपुछ गर्दा निज सत्येन्द्र प्रसाद यादवले आफु अपहरणमा नपरी अपहरण भएको भन्ने वहाना गरेको भन्ने खुल्न आएको र अन्य अनुसन्धान जारी रहेको ।


पक्राउ परेका व्यक्तिहरुको विवरण :
१) नाम : सत्येन्द्र प्रसाद यादव
उमेर : ५१ वर्ष 
ठेगाना : रौतहट गौर-१
२) नाम : अनुप वैद्य
उमेर : २५ वर्ष 
ठेगाना : जि.सिन्धुली झङझोली उ.पा-३
३) नाम : सुबाष तामाङ
उमेर : २५ वर्ष 
ठेगाना : जि.चितवन भरतपुर-न.पा.-११
४) नाम : सुदिप थापा
उमेर : २८ वर्ष 
ठेगाना : जि.तनहुँ भानु
५) नाम : सन्दिप ठकुरी
उमेर : २२ वर्ष 
ठेगाना : जि.तनहुँ सतिश्वारा गापा-१ 
मिति २०७५।११।१५ गते ।

(अपराध महाशाखा)