नख्खु बम विस्फोटका योजनाकार पक्राउ परेका छन्। शुक्रबार राति एनसेल टावरमा भएको विस्फोटमभा परी एकजनाको मृत्यु भएको थियो भने अन्य दुईजना घाइते भएका थिए। 

महानगरीय अपराध महाशाखाको टोलीले योजनाकार सूर्य भुजेललाई कलंकीबाट पक्राउ गरेको हो। थप विवरण आउन भने बाँकी नै रहेको छ। प्रहरी स्रोतका अनुसार उनी विप्लव निकट नेता हुन्। नख्खु विस्फोटमा घाइते लमजुङका ४९ वर्षीय सिंहबहादुर गुरुङको निधन भएको थियो। 

सोही दिन राति देशभरका विभिन्न स्थानमा रहेका एनसेल टावरमा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले आक्रमण गरेका थिए।