बूढानीलकण्ठ नगरपालिका वडा नं ०२ को अयोजनामा लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ‘लैङ्गिक हिंसा र दुर्व्यवहार: छैन हामिलाई स्विकार’ नाम दिइएको उक्त कार्यक्रम २०७५-०८-१३ गतेका दिन भएको थियो। लैङ्गिक हिंसा, सुरक्षा र कानुनी तहबाट हुन सक्ने कार्य तथा उपायहरुका बारेमा भएको उक्त कार्यक्रममा सोहि तथा अन्य वडाका महिला समुह, उपभोक्ता समुह, टोल सुधार समिति, विभिन्न क्षेत्रहरुमा कार्यरत स्थानिय क्लबहरु र अन्य विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा उपस्थित सामाजिक सुरक्षाका विषयमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट बृन्दा नेपाली, कानुन सम्बन्धि  नगरपालिकाबाट कानुनी सल्लाहकार पुण्य प्रकाश काफ्लेले आ-आफ्नो भनाईहरु व्यक्त गर्नुभएको थियो। साथै कार्यक्रममा महिला तथा बालबालिका समितिका संयोजक सुमित्रा त्रिपाठि पाण्डेको पनि कार्यक्रममा उपस्थिति रहेको थियो भने कार्यक्रमका सभाध्यक्षमा वडा नं ०२ का वडाध्यक्ष राजेन्द्र खड्का रहनुभएको थियो। कार्यक्रमको संचालन सोहि वडाका सदस्य ज्ञानु कार्की थापाद्धारा गरिएको थियो।