हिमालयन नेपाली इभेन्ट्स प्रा.लि.को आयोजना हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९को नोमीनेशन टप फाइभ प्रमाणपत्र बितरण एब सम्मान कार्यक्रम पौष १४ गते शनिवारका दिन राजधानीमा सप्पन्न भएको छ ।प्रमुख अतिथि माननीय प्रदेश न.३का उपसभामुख राधीका तामाङ ,विशिष्ट अतिथी शम्भुजित बास्कोटा,अतिथिहरु जनजाति आयोगका सचिब रुद्र सि तामाङ ,सशस्त्र प्रहरी बलका पुर्ब एआइजी डा.कृष्ण कुमार तामाङ, निर्णायकहरु मिलन मोक्तान ,पवन वाङ्ग लामा, बिक्रम जङ्ग शाह लगाएत दर्जनौं कलाकारहरुले कार्यक्रममा आतिथ्य ग्रहण गर्नु भएको थियो।सोही अवसरमा समाजमा अतुलनीय योगदान गर्नुभएका व्यक्तित्त्वहरू ,समाज सेवी  बिक्रम केशी,ज्योति घर सस्थाका अध्यक्ष बिजय लामा,खेलकर्मी उमेश गुरुङ ,समाजसेवी कृष्ण बहादुर राउत ,समाजसेवी पुर्णिामा लामा, ब्याबसायी बिनोद कार्की ,पत्रकार राजन कुबर ,समाज सेबि रजनी लामा ,सन्चार उधमी मन बहादुर पुन,लोक गायिका अन्ना स्टीर(अमेरिका) सम्मानित हुनुभयो, सोही अबसरमा सम्मानित गर्दै प्रमुख अतिथि माननीय राधिका तामाङले गीत सङ्गीतले समाजलाई सकारात्मक परिबर्तन गर्न सकिने र स्रस्ठाको सम्मान गर्न पाएकोमा खुशी ब्यक्त गर्नु भयो। बरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाले ३७ बिधाको टप फाइब नोमिनेट्लाई प्रमाणपत्र बितरण गर्नु भएको थियो।किङ्ग्स प्यालेस क्लबको हलमा खचाखच दर्शकले भरिएको सो कार्यक्रमको सन्चालन शोभा त्रिपाठी  र सिमरन स्याङ्ग्बोले गर्नु भएको थियो।कार्यक्रमको स्वागत भाषण कार्यक्रम सयोजक डिएन घिसिङले गर्नु भएको थियो भने सबिन घिसिङको सभापतित्वमा सप्पन्न भएको थियो