बूढानिलकण्ठ मिनिबस व्यवस्था सेवामा नयाँ कार्यसमिती

[[IMG_ALT]]

www.bsgnews.com ,report by Sabin Pradhan | Nagar News | Magh 29

बूढानीलकण्ठ मिनिबस व्यवस्था सेवा समितिको २३औ वार्षिक साधारण सभा सम्पन्न भएको छ। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा गोपाल कार्की, उपाध्यक्षमा श्याम भगत खड्का, महासचिव श्याम मल्ल ठकुरी, सचिव कुमार भट्टराई, कोषाध्यक्षमा श्याम सुन्दर धिताल, सह-कोषाध्यक्षमा उज्वल थापा सहित ११ सदस्य र २ महिला सदस्य गरि १३ सदस्यीय कार्यसमितिको सर्वसहमतमा भएको छ। वि.सं. २०३६ सालदेखिनै काठमाडौ जिल्लाको उत्तरीभेगको बूढानीलकण्ठमा सार्वजनिक यातायातको सेवा सञ्चालन गर्दै यस क्षेत्रका यात्रुलाई सेवा पुर्‍याउँदै आएको थियो।

यसै सेवा समितिलाई झण्डै एक दशक लामो समयसम्म नेतृत्व गर्नु भएको पुर्व अध्यक्ष प्रमोद खड्का ज्युको कार्यकालमा बिभिन्न समस्या ,अवरोह त थिए नै। समस्याका बाबजुद पनि समितिको भवन निर्माण सम्पन्न गर्न सफलता हासिल गर्न, कयैन उतारचढाव सहनु पर्ने बाध्यता रहेता पनि चुस्त दुस्त दक्ष प्रशासन, यातायात क्षेत्र विश्वासिलो र भरपर्दो बनाउने प्रयासहरुलाई सफल तुल्याउन पछी पर्नु भएन। प्रशासन देखि यात्रुहरुको सेवा र सुविधाहरुका लागि उहाँको सेवा अतुलनीय रहेको छ।

नवनिर्वाचित अध्यक्ष गोपाल कार्की व्यावसायि र मजदुर बिचका संम्बन्धलाई विशेष ध्यानाकर्षण गर्ने पक्षमा छ्न्। उहाँ पुर्व अध्यक्षहरुको कामलाई विशेष धन्यवाद दिदै अबको चुनैती राज्य व्यवस्थाको निति र नियम हरु परिमार्जित हुँदै जादा व्यावसायिहरु प्रती आउने समस्याहरूलाई पनि सम्बोधन गर्नु भएको थियो। यातायात व्यावसायलाई घिर्णाको दृस्ठिकोणबाट हेर्न हाम्रो समाजमा पेशागत मजदुरहरुलाई मर्यादित बनाउने हो भने यस क्षेत्रले नयाँ मोड लिने उहाँको दावी छ।

यातायात क्षेत्र सेवाको क्षेत्र हो, जबसम्म सेवा सुरक्षित र सेवाग्राही मुखी हुदैन तबसम्म आशा अनुरुप नतिजा आउँदैन।