सन २०१२को लन्डन ओलम्पिक तयारी हुँदै थियो, करुण पिडालाई मलम लगाउन सघिय अदालत अमेरिकामा भेला भएका एक दृश्यले सारा बिश्वलाई स्तब्द बनायो । आफ्नै प्रशिक्षकद्वार गरिएको यौन दुव्र्यवहार बारेमा उनी अर्थात 
ओलम्पिक जुडो च्याम्पियन केयला हैरिसनले नशर्मिकनै सारा बृतान्त सुनाए।जुडो प्रशिक्षक डैनियल डोयललाई फेडरल अदालतले अवैध यौन आचरणमा दोषी ठहराए र संघीय जेलमा राखे। खेलाडी हैरिसनले पहिला उसलाई भरोसा गर्थे; त्यसपछि उनी कसैलाई बताउन शर्मिंदा थिइन्।
  हृदयमा सबै घातक छोड्न कै लागि तिनको परिवार र  अमेरिकन नया कोच मिस्टर पेट्रोको  समर्थनमा, हेर्रिसनले थाहा पाएको थियो कि दुर्व्यवहारले उनलाई परिभाषित गर्न सक्दैन।यहि उच्च मनोबलका साथ सन 2012 लन्डनमा ओलम्पिकमा हैरिसनले ७८केजि समुहमा स्वर्ण जिते सगै जुडो इतिहासमा पहिलो अमेरिकी बन्न पुगे।यस अगी उनले जापानमा सन २०१०मा सप्पन्न बिस्व जुडो च्याम्पियनसिप समेत हात पारिसकेकी छिन।रिजनल ,कन्टेनल मा दर्जनौं च्याम्पियन भएकी हैरिसनले सन २०१६रियो ओलम्पिकमा स्वर्ण सुरुक्षित पारिन। अमेरिकाको ओहायो शहरमा बसोबास गरिरहेकी हैरिशनले जुडो खेलमा ब्ल्याक बेल्ट समेत लिइसकेकी छिन पत्रकार हरु सगको अन्अन्तरङ्गमा उनि भन्थिन "मैले सिकेको छु कि म केहि चीज बचाउन सक्छु, र स्वभिमानी नारी पनि"उनले भनिन्।"उनको आत्म-विकास प्रेरणादायक छ," सिंकिंग स्प्रिंग, एमडीको प्रमुख एरिका विलियमसनले थपे। "यसले मलाई महसुस गर्छ कि मलाई मेरो लक्ष्य पुग्न कुनै कारण छैन।"
अगामी यात्राबारे केयला हैरिसनले टुइट गरेकी छिन " UFC मा आफ्नो कला प्रदर्शन गर्ने।" महिला तथा बालबालिका हिसा विरुद्धको अभियानमा जुटिरहेकि उनले  फुर्सदको बेलामा मिक्स मार्सल आर्ट्सको अभ्यासमा सरिक हुने गर्छिन।

By डिएन घिसिङ