बूढानीलकण्ठ नगरपालिकाको पाचौँ स्थापना दिवसको अवसरमा नगरपालिका तथा युवानिलकण्ठ (समाज विकासका लागि बूढानीलकण्ठका युवाहरु) द्वारा आयोजना हुन लागेको बूढानीलकण्ठ सांस्कृतिक प्रदर्सनी कार्यक्रमको  पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ। बू.न.पा वडा १० कपनको कार्यालय भवनमा भइको उक्त भेटघाट कार्यक्रममा मंसिर २२ गते, शनिबारको दिन हुन लागेको उक्त कार्यक्रमका बारेमा जानकारी दिनका लागि युवानिलकण्ठ समुहद्वारा हिजो मंसिर १६ गते भेटघाट  कार्यक्रम राखिएको थियो।


कार्यक्रमका बारेमा जानकारी दिने क्रममा सोहि समुहकी अध्यक्ष सुमित्रा श्रेष्ठले २२ गतेका दिनको कार्यक्रमको उद्देश्यका साथसाथै किन कार्यक्रमको आयोजना हुन लागेको भन्ने बारे प्रस्टयाईन्। सोहि समुहका उपाध्यक्ष प्रयास पाण्डेले सोहि कार्यक्रममा समेटिने सांस्कितिक प्रस्तुति लगायत अन्य विभिन्न प्रस्तुति र उक्त कार्यक्रममा समेटिने कला, संस्कृतिका बारेमा जानकारी दिएका  थिए। 

बूढानीलकण्ठ नगरपालिकाको स्थापना दिवसको पाँचौ वर्ष पूर्ण हुन लागिरहेको अवसरमा युवानिल्कण्ठ समूह द्वारा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न गइरहेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य यस नगरपालिका भित्र छरिएर रहेका विभिन्न कला, संस्कृति तथा बाजा गाजाहरुलाई एकैसाथ लेराई सोहि संस्कृतिहरुको उत्थान तथा प्रवर्धनका लागि र साथ साथै यस नगरपालिका संस्कृति तथा कलाको दृस्टिकोणले पनि भरिपुर्ण एक पर्यटकीय नगरको रुपमा चिनाउनका निमित्त आयोजना हुन लागेको हो। कार्यक्रम बुढानीलकण्ठ नगरपालिका वडा १० कपनस्थित रहेको ह्याण्बल ग्राउण्डमा बिहानको १:०० देखि साँझको ५:०० बजेसम्म संचालन हुनेछ।