युवानिल्कण्ठको बृहत रक्त कार्यक्रम हुदै

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Shrawn 25

बुढानीलकण्ठ नगरपालिकामा रहेको यूवाहरुको संजाल यूवानीलकण्ठले अन्तराष्ट्रिय यूवा दिवसको अबसरमा २०७५/४/२६ गते तधनुसार २०१८/०८/११ गते बुढानीलकण्ठ नगरपालिका वडा न ८ मा रहेको बास्केटवल कोर्टमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय यूवा दिवसको अबसरमा आयोजना गर्न लगिएको रक्तदान कार्यक्रम सफल बनाउनको लागी बुढानीलकण्ठ नगरपालिकाको नगर प्रमुख उद्धब प्रसाद खरेलले आफ्नो सामाजिक संजाल मार्फत रक्तदान गर्न योग्य सम्पूर्ण नगर बासीलाई अपिल गर्नु भएको छ ।बुढानीलकण्ठ नगरपालिकाकी उप-प्रमुख रमा देबी राई बुढानीलकण्ठ नगरपालिका वडा न १ का अध्यक्ष सुरेन्द्र लामा बुढानीलकण्ठ नगरपालिका वडा न २ का अध्यक्ष राजेन्द्र खड्का बुढानीलकण्ठ नगरपालिका वडा न ३का अध्यक्ष बालकृष्ण श्रेष्ठ बुढानीलकण्ठ नगरपालिका वडा न ४ का अध्यक्ष राजु खड्का बुढानीलकण्ठ नगरपालिका वडा न ५ का अध्यक्ष विजय तामांग बुढानीलकण्ठ नगरपालिका वडा न ६ का अध्यक्ष नबिन के.सी बुढानीलकण्ठ नगरपालिका वडा न ७ का अध्यक्ष बस नारायण महर्जन बुढानीलकण्ठ नगरपालिका वडा न ८ का अध्यक्ष सुमन तामांग बुढानीलकण्ठ नगरपालिका वडा न ९ का अध्यक्ष राजेन्द्र सापकोटा बुढानीलकण्ठ नगरपालिका वडा न १० का अध्यक्ष नवराज भट्टराई बुढानीलकण्ठ नगरपालिका वडा न ११ का अध्यक्ष राजु अधिकारी बुढानीलकण्ठ नगरपालिका वडा न १२ का अध्यक्ष सम्भु भट्टराई बुढानीलकण्ठ नगरपालिका वडा न १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ ,ने .क.पा बु .न.पा का सदस्य रबिन अधिकारि ,नेपाली कङ्रेसका राजाराम बुढाथोकी ने .क .पा का बिदुर बिक्रम खड्काले समेत आफ्नो सामाजिक संजाल मार्फत आफ्ना वडा बासीलाई रक्तदान गर्न अपिल गरेका छन् ।

युवानीलकण्ठले आयोजना गर्न लागेको रक्तदान कार्यक्रमलाई सफल बनाउन प्रदेश न ३का प्रदेश सभा सदश्यहरु माननीयहरू दीपक निरौला ,माननीय भीमसेन खत्री , माननीय कुसुम कुमार कार्की र काठमाडौँ क्षेत्र न ४ का प्रतिनिधि सभा सदश्य माननीय गगन कुमार थापा समेत सम्पूर्ण यूवाहरुलाई रक्तदान गर्न अपिल गरेका छन् । यूवानीलकण्ठले आयोजना गर्न लागेको रक्तदान कार्यक्रम सामाजिक संजालमा व्यापक बनेको छ ।