१० ट्रक गाँजा बुढानीलकण्ठ प्रहरीले फडानी गर्यो

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Ashad 26

महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले बिभिन्न सामाजिक संघसंस्था र जनप्रतिनिधीहरुको सहभागितामा बु.न.पा १३ मा रहेको कौडोल साँपटार लगायतको स्थानमा अबैध गाँजा फडानी गरेको छ । टोल-टोलमा प्रहरी अभियान २०७५ लागु औषध बिरुद्धको माहाअभियान अन्तर्गत महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले प्रहरी निरिक्षक राजकुमार राईको कमान्डमा गाँजा फडानी गरेको हो । सामुदायीक प्रहरी सेवा केन्द्र स्थानीय संघ संस्था वडाका जनप्रतिनिधि हरुको सहकार्यमा गरिएको फडानीमा करिब १० ट्रक भन्दा बडी गाँजा नष्ट गरिएको प्रहरी निरिक्षक राईले हामीलाई बताए ।

वडा न १३ का वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले बु.न.पा वडा न १३ नगरपालिकाको ग्रामिण भाग भएको र खेति योग्य जमिन भएको ठाउँ भएकाले यो स्थानमा गाँजा प्राकृतिक रुपमानै ऊम्रीएको र यहाँ ब्यबसायिक रुपमा गाँजा खेति नहुने गरेको बताए । महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठको यो अभियानलाई स्वगात योग्य कदम भन्दै आफुले सहयोग गर्न पाएकोमा वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठले खुसी ब्यक्त गरे ।