३ नं प्रदेशका मुख्य मन्त्रि डोरमणि पौडेलले आज अकस्मात रुपमा बूढानिलकण्ठ नगरपालिका परिसरमा भ्रमण गर्नुभएको छ। उक्त भेटघाट कार्यक्रममा ३ नं प्रदेशका सांसदहरु माननिय दिपक निरौला, माननिय नारायण सिलवाल, प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेल, बूनपाका नेकपाका नेताहरु सुन्दर पुर्कुटी, रबिन अधिकारी, वडा अध्यक्ष बस नारायण महर्जन कार्यपालिका सदस्य संगम गहतराज, युवानिलकण्ठका अभियन्ता हरु लगायतको उपश्थिति रहेको थियो। भेटघाट कार्यक्रममा नगर प्रमुख उद्दव खरेलले नगरको परिचयको साथै आगामि योजनाको विषयमा पनि जानकारी दिनुभएको भएको थियो। आफ्नो भनाई राख्नु हुँदै मुख्य मन्त्रि पौडेलले नगरपालिकालाई सक्दो सहयोग गर्ने वचन दिनुभएको थियो।