“अदालतबाट १२ करोड जरिवाना तथा २ बर्ष कैद फैसला सुनाएका  फरार अभियुक्त पक्राउ”
घटना विवरण :-
       जिल्ला ललितपुर ललितपुर उप-महानगरपालिका वडा नं. ३ स्थित नेपाल बिटुमिन तथा व्यारेल उद्योग लिमिटेडका संचालक अशोक कुमार श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी योगेन्द्रमणी दाहाल भएको ठगी मुद्धामा सम्मानित ललितपुर जिल्ला अदालतबाट जम्मा बिगो रु.  १२,३५,९६,५०४ / ५४ ठगी गरेको पुष्टी हुन आई निज प्रतिवादीलाई बिगो बमोजिम जरिवाना र २ (दुई) बर्ष कैद सजाँय हुने ठहर भई मिति २०७४।०८।१४ मा फैसला भई फरार रहेकोमा मिति २०७५।०९।२७ गते दिउसो १०:३० बजेको समयमा यस महाशाखाबाट  खटिएको बिशेष टोलीले फरार रहेका योगेन्द्रमणी दाहाल लाई काठमाण्डौंको बालुवाटारबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित ललितपुर जिल्ला अदालतमा पठाउने कार्य भैरहेको ।
पक्राउ परेका व्यक्ति :-
नामथर :- योगेन्द्रमणी दाहाल                           
हालको उमेर :-  ५२ बर्ष 
बुवाको नामथर :- मोहनमणी दाहाल
ठेगाना :- जिल्ला भक्तपुर ठिमि नपा- १७ कौशलटार 
हाल :-  काजि. कामनपा-४ बालुवाटार

मिति :- २०७५।०९।२७ गते ।

(नेपाल प्रहरी , महानगरिय अपराध महाशाखा )