साबिकको विष्णु बूढानीलकण्ठ ७ ‘ग’ हाल को बु ।न पा ५ मा रोडसो रियलस्टेट प्रा .लि .ले निर्माण गरेको घर किन्न बैनाका रुपमा ८९ लाख ८९ हजारको गुड फर पेमेन्ट चेक बरामद गर्दै अख्तियारले दसी प्रमाणका रुपमा अदालतमा पेश गरे पस्चत बूढानिलकण्ठ नगरपालिका कालो धन लाई उपायोग गर्न उप्युक्त स्थल रहेछ भनेर बिभिन्न मानिशरुको भनाई रही आएको थियो  | किर्ते जग्गधनी खडा गरी चन्दन्लाल कयस्थको जग्ग तेश्रो व्यक्तिलैइ बेचे पछी बूढानिलकण्ठ एका एक चर्चामा  आएको  थियो | आयल निगमको प्रमुख बनेका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले  बूढानीलकण्ठमा ४० लाख ११ हजार ८७५ रुपैयाँमा ८ आना जग्गा, ८४ लाख ४६ हजारमा किनेको टक्सन गाडी किनेर अमिताको नाममा राखेको पाइएको छ । बूढानीलकण्ठ ८ म रहेको सीजी हिल्स हात्तीगौंडामा ३ करोड २५ लाखमा खरिद गरेको घर किनेर अमिताको नाममा राखेका उनले अर्को घरका लागि ३ करोड ५ लाख रकम दिइसकेका थिए ।

अख्तियारको अनुसन्धानका क्रममा खड्काले अरुको नाममा सम्पत्ति राखेको पनि भेटिएको छ । उनले श्रीमती शर्मिला खड्काका साथै तेह्रथुमको जिरीखिम्ती–२ घर भई बूढानीलकण्ठ–४ बस्ने कृष्णबहादुर लामाकी छोरी, दिपक सोदेम्बाकी श्रीमती अमिता लामा सोदेम्बाको नाममा सम्पत्ति राखेको पाइएको छ ।

खड्काले अमिताको नाममा ७ करोड ५४ लाख ५७ हजार ८७५ रुपैयाँ बराबरको सम्पत्ति लुकाएको अख्तियारको दाबी छ ।