नेपाली करातेकी बहुआयामिक नाम हो हिरा राई।एक सफल खेलाडी ,प्रशिक्षक र निर्णायक पहिचान हो उनको ।

सानो उमेरमा एशियाली कराते महासघको  निर्णायकको लाइसेन्स लिएर स्वदेश तथा बिदेशमा समेत रेफ्रीको भुमिकामा उभिइसकेकी छिन।सितरियो कराते खेलबाट ब्ल्याक बेल्ट तेस्रो डान होल्ड गरेसकेकी हिरा मोडलिङको दुनियाँमा छुट्टै हैसियत बनाइसकेकी छिन। स्नातक अध्यनरत हिराले राजधानीको प्रतिस्ठित मोडल इन्सिचुट बाट मोड्लिङ कोर्श पूरा गरिसकेकी छिन।

सन २०१६मा आयोजना भएको रनओए मोडल कन्टेस्टमा समेत फर्स्ट रनर अफ उपाधी हात पार्दै ,सोही बर्ष आयोजित विभिन्न प्रतियोगिताहरुमा बेस्ट क्याट्वाक,मिस बिउटी कुइन र बेस्ट ट्यालेन्ट उपाधी समेत हात पारी सकेकी छिन।दर्जनौं म्युजिक   भिडियोमा समेत आफ्नो कला देखाइसकेकी हिराले आफ्नो सम्भावना देखाइसकेकी छिन।अनुशासन र मेहनतमा बिश्वास गर्ने हिरा भन्छिन " सबै बिधाको अनुभव भएर होला,हरेक कम्पिटसनमा सहज लाग्छ।"  टप मोडल २०१८ हन्टको  तयारीमा रहेकी हिरालाई दर्सकहरुले निकै रुचाएको छ।