काठमाडौंमा आठौँ चीन महोत्सव–२०१८ को शुभारम्भ 

नेपालको राजधानी काठमाण्डौँमा आठौँ चीन महोत्सव नोभेम्बर तेह्र तारिखदेखि शुरू भएको छ। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, चीनका संस्कृति तथा पर्यटनमन्त्री लो शु काङ, नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रबिन्द्र अधिकारी, नेपालका लागि चिनियाँ राजदूत यु होङ लगायत अतिथिहरु उद्घाटन समारोहमा उपस्थित हुनुभयो। 

सो अवसरमा राजदूत यु हुङले सन् २००३  पहिलो चीन महोत्सव आयोजना भएयता नेपालीलाई विभिन्न चिनियाँ परम्परा देखाइएको र चिनियाँ संस्कृति, कला प्रसार गर्ने महत्वपूर्ण झ्याल र दुई देशबीच सांस्कृतिक आदान-प्रदान प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्च बनेको विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा पर्यटनमन्त्री अधिकारीले नेपाल र चीनले आपसमा यस्तो सांस्कृतिक आदान-प्रदान कार्यक्रमको आयोजना गरिरहेको बताउँदै त्यसबाट दुई देशको पर्यटन उद्योगको विकासमा सक्रिय भूमिका खेल्ने उल्लेख गर्नुभयो।

त्यस्तै चीनको संस्कृति तथा पर्यटन मन्त्री लो शु काङले दुई पक्षले दुई देश नेताबीच सम्पन्न सहमतीको पालना गर्न यस कार्यक्रमको आयोजना भएको साथै यो कार्यक्रम चीन-नेपाल साँस्कृतिक तथा पर्यटन आदान-प्रदान र सहयोगलाई संयुक्त रुपमा अघि बढाउने व्यवहारिक कदम पनि हो भन्नुभयो।

यसअघि तेह्र तारिख दिउँसो चीन महोत्सवको एक कार्यक्रमको रुपमा रहेको नयाँ युगमा चीनको सांस्कृतिक तथा रचनात्मक वस्तु प्रदर्शनी पनि काठमाण्डौँमा आयोजना भएको छ। सो प्रदर्शनीको आयोजक अर्थात् चीनको वैदेशिक संस्कृति ग्रुपका उप-प्रबन्धक वाङ छनले यस प्रदर्शनीबाट सँस्कृति तथा रचनात्मक वस्तु प्रदर्शनी र अमूर्त साँस्कृतिक विरासतको विकास गर्न चीनले गरेको प्रयास र प्राप्त गरेको अनुभव देखाइएको जानकारी दिनुभयो। 

थाहा भएअनुसार, यो चीन महोत्सव पन्ध्र तारिखसम्म चल्नेछ।

(Source CRI )