एन्फा अध्यक्ष् पदको लागी पुर्ब एन्फा उपाध्यक्ष् कर्मा छिरिंग शेर्पा उम्मेवारी दर्ता गर्दै

[[IMG_ALT]]

b s g news | Sports | Magh 27

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि एन्फाको केन्द्रिय चुनावमा अध्यक्ष पदका लागि शनिबार उम्मेदवारी दर्ता गराउने भएका छन् ।

चर्चित नेपाली फुटबल क्लब हिमालयन शेर्पा क्लबको अध्यक्ष समेत रहेका शेर्पालाई विभिन्न जिल्ला फुटबल संघ र क्लबहरुको समर्थन रहेको छ । शेर्पा गत बर्षको केन्द्रिय चुनावमा वर्तमान एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठसँग झिनो मतका आधारमा पराजित भएका थिए ।

आगामी चैत्र १४ गते हुने एन्फाको केन्द्रिय चुनावमा अध्यक्ष पदका लागि एन्फाका पूर्व प्रमुख कार्यकारी इन्द्रमान तुलाधर तथा प्रशिक्षक कृष्ण थापाले आफ्नो उम्मेदवारीको घोषणा गरिसकेका छन् । त्यस्तै वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष मणि कुँवरले पनि केन्द्रिय अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्ने बताइएको छ ।

शेर्पा बिगत लामो समय अगाडी देखिबाट एन्फामा हुने गरेको अनियमितता बिरुद्ध आवाज उठाउदै आएका थिए ।एन्फाका पूर्व प्रमुख कार्यकारी इन्द्रमान तुलाधरले पनि उम्मेद्वारी दर्ता गर्ने भनिएता पनि इन्द्रमान तुलाधरले कर्मा छिरिंग शेर्पालाई सहयोग गर्ने सम्भावना रहेको एन्फा निकट श्रोत बताउछ । नेपाली फुटबलको परिबर्तनको पक्ष्म रहेका पुर्ब राष्ट्रिय खेलाडीहरु समेत अब एन्फा पुरानो पद्धतीमा चलन नहुने बताउछन | खेलाडी संघ ,प्रशिक्षक संघ,रेफ्री संघ लगायतको चुनाबमा परिबर्तनको सुरुवात भई सकेको हुदाँ नेपाली फुटबल अब अगाडी बढ्ने खेल प्रेमीहरु बताउछन ।