चीनको प्रसिद्ध निजी व्यवसाय व्हा वेकी प्रमुख वित्तीय अधिकारी मङ वान चौलाई यही डिसेम्बर एक तारिख क्यानाडाको भान्कुवर विमानस्थलमा अमेरिकाको आग्रहमा क्यानाडाले पक्राउ गरेको छ। स्थानीय समय डिसेम्बर ६   तारिख मङलाई अमेरिका सुपुर्दगी गर्ने कार्यको सुनुवाइ भेन्कुवर अदालतमा   आयोजना भएको छ। पाँच घण्टा लामो सुनुवाइमा कुनै पनि निर्णय गरिएको छैन भने आउने सोमबार निरन्तर फेरि सुनुवाइ हुनेछ। 

   मङको गिरफ्तारीबाट अन्तर्राष्ट्रिय समाजलाई ध्यानाकर्षित बनाइएको छ। जसले व्हावे कम्पनी,चिनियाँ नागरिक र चीन सरकारको आक्रोश तथा क्रोधको आवाजबाहेक अन्तर्राष्ट्रिय जनमतले पनि निन्दा गरेको छ। यस घटनाबाट विश्वसमक्ष केही वास्तविकता देखाइएको छ। 

   सधैँ परिपूर्ण कानुन र निष्पक्ष न्यायको वकालत गर्दै आएको अमेरिका र क्यानाडाले आफ्नो आधिपत्य विचारलाई नग्न तथा स्पष्ट रुपमा देखाएका छन्। छ वर्ष अघि अमेरिकी संसदको प्रतिवेदनले व्हा वेको प्रबन्धले अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतरा पुर्‍याउने धारणासँगै व्हावेले अमेरिकामा दूरसंचार उपकरणको बिक्री गर्न निषेध गरेको थियो। कुनै पनि दिशाबाट हेर्दा व्हावेले अमेरिकाको कानुनलाई उल्लङ्घन गरेको छैन। व्हावेमाथि उच्च पदाधिकारीको छानबीन र आरोप सबै अस्वीकार्य छ।

मङलाई प्रकाउ गर्ने कारणबारेमा अमेरिकाबाट जनाइएअनुसार मङले अमेरिकाद्वारा इरानमाथि गरिएको नाकाबन्दीलाई उल्लङ्घन गरेको हो। यसप्रति व्हावे कम्पनीले पहिलो समयमै व्यक्तव्य प्रकाशित गर्दै व्हावेको सबै कारोबार सम्बन्धी सबै विदेशी मुलुकको कानुनलाई पालन गर्नुका साथै संयुक्त राष्ट्र संघ,अमेरिका,युरोपेली संघद्वारा लागू गरिएको निर्यात नियन्त्रण र नाकाबन्दी नियमलाई पालन गरेको विचार व्यक्त गरेको छ। यसका अतिरिक्त अमेरिकाले इरानमाथि नाकाबन्दी गरेर अन्तर्राष्ट्रिय कानुनलाई उल्लङ्घन गरेको छ।

सार्वभौम मुलुकको रुपमा क्यानाडाले यो घटनालाई कार्यान्वयन गर्दा आफ्नो निर्णय राजनीतिसित सम्बन्ध रहेको छैन भने क्यानाडाले कानुनी प्रक्रियाको स्वतन्त्रतालाई सम्मान दिएको व्यक्त गरेको छ। क्यानाडाको उक्त धारणाले क्यानाडाको “कानुनी स्वतन्त्रता” अडान आफैँमा हाँस्यास्पद बनेको छ। विदेशी इन्टर्नेटप्रयोगकर्ताले क्यानाडालाई अमेरिकाको एक वफादार कुकुर भनेर आलोचना गरेका छन्। मानव अधिकारको उल्लङ्घन गरिरहेको क्यानाडा मानव विनाशक बन्दै गएको छ।
वास्तवमा यो घटना चीनको बैज्ञानिक प्रविधि क्षेत्रको नेतृत्व व्यवसायमाथिको लक्षित प्रहार हो। क्यानाडाले यस घटनामा मुख्य पात्रका हैसियतले झन झन बढी स्पष्ट भूमिका सिर्जना गरिरहेको देखिन्छ। यस घटनाले चीन र क्यानाडाबीचको सम्बन्धलाई ध्वस्त गरेको मात्र नभइ जसले विश्वमा पनि नकारात्मक प्रभाव पारेको छ। सारा विश्वको शेयर बजार र विनिमय दर बजारमा उत्तारचढाव आएको देखिन्छ। क्यानाडाले यस घटनाबाट कुनै पनि लाभ पाएको छैन भने ठूलो हानी पाउने निश्चित छ। क्यानाडा सरकार र कानुन विभागले निष्पक्ष र न्यायपूर्ण बाटोलाई त्याग्न नस्कने आशा चीनले गरेको छ।

(CRI)