लुकाई छिपाई ल्याएको चाँदीका विभिन्न गरगहना सहित पक्राउ
  
पर्सा, १९ कात्तिक
भारत बिहार पूर्वी चम्पारण, थाना रक्सौल बस्ने वीरबहादुर प्रसाद साह सोनारलाई लुकाई छिपाई ल्याएको अन्दाजी १ लाख ३८ हजार ४ सय १६ रुपैयाँ बराबरको चाँदीका विभिन्न गरगहना करिब ३ केजी २ सय ५० ग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोनारको साथबाट प्रहरीले पाउजु ३६ जोर, सिक्री १९ थान, गिलास ८ थान, कचौरा ९ थान, चम्चा १२ थान, हनुमान लकेट २३ थान, चावी रिङ ६ थान, ब्रास्लटे ३ थान, मुसरी २७ थान र पायलको हुक १ पुरिया बरामद गरेको छ । 
वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ पैदल हिँडी आईरहेका सोनारलाई जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त चाँदीका गरगहना सहित फेला पारी पक्राउ गरेको हो । 
पक्राउ सोनारलाई प्रहरीले आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वीरगंज भंसार कार्यालय पर्सा पठाएको छ ।