नेपाल सितरियो कराते सघको आयोजनामा आज राजधानीको पुरानो बानेश्वर स्थित डाइनिङ पार्क फुट्ल्यान्डमा पुर्व  युवा  तथा खेलकुद मन्त्री राजन केशीले खेलाडीलाई सम्मान गर्नु भयो। गत बर्षको नोबेम्बरमा इन्डोनेसियाको जाकर्तामा आयोजित १५औ एसियन प्यासिफिक सितरियो कराते च्याम्पियनसिपका स्वर्ण पदक बिजेता बिजय श्रेष्ठ ,काश्य पदक बिजेता अनिशा लामा ,काश्य पदक बिजेता दिगम्बर प्रसाद पन्त ,काता तर्फको स्वर्ण पदक बिजेता गणेश बहादुर थिङ ,काश्य पदक बिजेता पर्सुराम बास्तोला, एब जापानको टोकियोमा गत मार्चमा सम्पन्न नवौं ओल्ड सितरियो कराते च्याम्पियनसिपका काश्यापदक बिजेता बिजय श्रेष्ठ र रजत पदक बिजेता दिगाम्बर प्रसाद पन्त एब प्रशिक्षक कुशल श्रेष्ठलाई एक समारोहका बिच प्रसंशा  पत्र बाट सम्मान गरिएको थियो।

उक्त अवसर मा  स्वर्ण पदक बिजेतालाई नगद २५हजारले सम्मान गरिएको थियो।कार्यक्रममा सभासद नबराज सिलवाल,खेलकुद मन्त्रालयका सचीव कृष्ण प्रसाद देवकोटा ,गैर आबसिय नेपाल सघ (एनआरएन)का अध्यक्ष भबन भट्ट लगाएतका बिशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो।सो अबसरमा आफ्नो मन्तव्य राख्दै एनआरएनका अध्यक्ष भट्टले खेलाडी राष्ट्रका सच्चा पहरेदार भएको र प्रबासमा रहेका खेलाडीहरुलाई समेत आगामी राष्ट्रीय प्रतियोगितामा समाबेश हुनु खेलाडीको सौभाग्य भएको बताउनु भयो। एनआरएनले खेलकुदलाई बिशेश मह्त्वका साथ हेरिरहेको कुरा समेत अध्यक्ष भट्टले बताउनु भयो।उक्त कार्यक्रममा पुर्ब खेलकुद मन्त्री राजन केसीले खेलकुद राज्यको मह्त्वपुर्ण रुपमा रहेको र अन्तर्राष्ट्रिय रूपमा सहभागी हुदा मुलुकको पहिचान हुने हुदा राज्यले खेलकुदलाई बिशेष मह्त्व दिनु पर्ने कुरा औल्याउँनु भयो।खेलाडी राष्ट्रका गहना मात्र हैन उर्जा भएकालेे देश बिकाशमा खेलाडीलाई लगाउन सके बिकाश हुने कुरा पुर्ब मन्त्री राजन केसीले बताउनु भयो।

सोही अबसरमा अतिथि वक्ताहरुले पदक बिजेता खेलाडीहरुलाई शुभकामना तथा बधाई व्यक्त गर्नु भएको थियो।नेपाल सितरियो कराते सघका अध्यक्ष दावा गुरुङको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा खेलाडी एब प्रशिक्षकहरुको बाक्लो उपस्थित रहेको थियो।सो कार्यक्रमको समायोजन कनैया भक्त राजभण्डारीले गर्नु भएको थियो।