नेपालकै इतिहासमा जिवित खेलाडिको स्तम्भ बन्ने।
   नेपाली खेलकूदमा ऐसिहासिक सर्बाधिक सफलता हासिल गरेका तेक्वान्दो खेलाडि विधान लामाको पुर्ण कदको स्तम्भ स्थापना गरिने भएको छ । ओलम्पियन पदकधारी लामाको ६ महिनाभित्र स्तम्भ  स्थापना गरिने भएको हो । रिपोर्टस क्लब नेपालमा सोमबार पत्रकार भेटघाट कार्यक्रम गरेर लामाको प्रतिविम्ब प्रतिस्थापन निर्माण गर्नेबारे जानकारी दिइएको हो । 
स्तम्भ  निर्माणका लागि नेपाल रास्ट्रीय घेदुङ्गको पहलमा समिति बनाएर कार्ययोजना छिटै तयार परिने जानकारी दिइएको छ । नेपाल रास्ट्रीय घेदुङका महासचिव प्रबीन बलले  सन्चालन गर्नु भएको सो कार्यक्रममा ओलम्पिएन  बिधान लामाको उपस्थितिमा  विभिन्न क्षेत्रका  समाजसेवीहरु क्रमश अनिल गुरुङ ,कन्हैया राज भन्डारी,शसस्त्र प्रहरी बलका बरिस्ठ प्रहरी उपरीक्षक केबि ब्रम्मचार्य , हिमालयन नेपाली इभेन्ट्का अध्यक्ष सबिन घिसिङ लगाएतको उपस्थिति रहेका थिए।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक डिएन घिसिङले ३ दशक अगाडि नेपालको नाम र इज्जत विश्वभर फैल्याउन सफल लामाको प्रतिबिम्ब स्थापना गर्न लागिएको जानकारी दिए थिए।


लामाले सन् १९८४ देखि १९९० सम्म तेक्वान्दो खेलमा राष्ट्रिय टिममा रहेर खेलेका थिए । 
उनले सन् १९८६ मा पहिलोपटक १० औँ एसयाली खेलमा नेपालको तर्फबाट कास्य पदक जितेका थिए । त्यसैगरी १९८७मा स्पेनमा आयोजित ८ औँ विश्व तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक हात पार्दै १९८८ को आठौँ एसियन च्याम्पियनसिपमा छनौट भइ रजत पदक जित्न सफल भएका थिए । 
त्यसैगरी २४ औँ ग्रीस्मकालिन ओलम्पिक खेलमा लामाले कास्य पदक जितेका थिए । 
आफ्नो खेल जीवनबारे लामाले स्मरण गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । आफू साधारण खेलाडिका रुपमा मात्रै लिन आग्रह गर्दै उनले स्कुल पढ्दा भागेर ब्रुस लिको फिल्म हेर्न जाने गरेको बताए । 
उनी सानैदेखि मार्सल आर्टप्रति रुचि राख्दथे । नेपालमा ३९ सालपछि मात्रै सर्वसाधारणलाई तेक्वान्दो खेल खेल्न दिइएको जानकारी दिदै उनले आफू पनि त्यसपछि मात्रै यो क्षेत्रमा प्रवेश गरेको बताए । 
“नेपाल आमा–बाबुको आर्शीवाद र कडा परिश्रमका कारण म यो ठाउँमा आइपुँगे । अहिले यही खेलसँग सम्बन्धित स्कुल पनि संचालन गरिरहेको छु ।” लामाले भने । 
उनले नेपालमा प्रशस्तै नयाँ खेलाडिहरु भएकाले उनीहरुको प्रतिभा प्रस्फुटन गर्न सहयोग गर्नुपर्ने र ओलम्पिक परियोजना मा साथ रहने  बताए । “नयाँ प्रतिभाहरुलाई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुने वातावरण सरकारले पनि बनाइदिनुपर्छ ।”
नेपालकै इतिहासमा जिवित खेलाडिको स्तम्भ बन्न लागेको यो पहिलो पटक हो ।