बूढानीलकण्ठका गायक शशी बिक्रम थापाले गिनिज बुकमा लेखाए नाम

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Ashwin 25

काठमाडौँ उपत्यकाको उतरी भेगमा बिभिन्न प्रतिभावान मानिसहरुको बसोबास रहेको छ यही यथार्थलाई चरित्रार्थ गर्दै बूढानीलकण्ठ नगर वडा न १० का गाएक शशी बिक्रम थापाले गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् । सांगीतिक क्षेत्रमा सक्रिय रहेका थापाले यो किर्तिमान पनि गीत गाएर किर्तिमान लेखाउन सफल भएका हुन् । बिगत लामो समय देखि सांगीतिक क्षेत्रमा सक्रिय थापा सामाजिक काममा पनि उत्तिकै सक्रिय रहदै आएका छन् । बूढानीलकण्ठ नगरपालिका वडा न ५ मा क्रियापुत्री बासस्थान बनाउन लाग्दा गायक थापाकै सांगीतिक समुहले न्युनतम पारिश्रमिकमा श्रीमद भागवत सप्ताहज्ञान महायज्ञ संचालन गरि क्रियापुत्री भवन निर्माण गर्न सहयोग गरेको थियो ।गायनका साथै चलचित्र तथा एल्बममा संगीत दिएका थापा कलाकारिता क्षेत्रमा पनि सक्रिय रहेका छन।