चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २ तारिख पैचिङमा पाकिस्तानका प्रधानमन्त्री इम्रान खानसँग भेट-वार्ता गर्नुभएको छ। प्रधानमन्त्री इम्रान खानले चीनको औपचारिक भ्रमण गर्नुका साथै प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा भाग लिन राष्ट्राध्यक्ष सीले स्वागत गर्नुभएको छ। उहाँका अनुसार, चीन र पाकिस्तानबीचको सहयोगले दुई देशका जनतालाई फाइदा पुर्‍याउनुका साथै क्षेत्रीय तथा विश्वव्यापी शान्ति, स्थिरता र विकासलाई घच्घच्याएको छ। प्रधानमन्त्री इम्रान खानले धेरैपटक चीनसँगको सम्बन्धलाई पाकिस्तानी कूटनीतिको आधार बनाउनुका साथै दुई देशबीच आर्थिक करिडोरको निर्माणलाई अगाडि बढाउने कुरा दोहोर्‍याउँदै राष्ट्राध्यक्ष सीले प्रशंसा पनि गर्नुभयो। दुवै पक्षले अझ गहिरो रणनैतिक आदान-प्रदान र अझ घनिष्ट व्यवहारिक सहयोग गरेर अझ सक्रिय साँस्कृतिक आदान-प्रदान, आतंकवाद विरोधी सहयोग, बहुपक्षीय मञ्चमा समन्वय तथा वैचारिक आदान-प्रदानलाई सबल पार्नुपर्ने कुरा सीले प्रकट गर्नुभयो। त्यस्तै पाकिस्तानी प्रधानमन्त्री इम्रान खानका अनुसार, पाकिस्तानले चीनको उपलब्धिलाई आदर गर्नुका साथै विकास, गरिबी निवारण तथा भ्रष्टाचार उन्मूलन आदि क्षेत्रमा चीनबाट सफल अनुभव सिक्ने आशा गरेको छ। पाकिस्तानले चीनसँगको सम्बन्धलाई निरन्तर गहन पार्नुका साथै आर्थिक करिडोरको निर्माणलाई अगाडि बढाउनेछ। बहुपक्षीय मामिलामा चीनसँगको वैचारिक आदान-प्रदान तथा समन्वयलाई घनिष्ट पार्ने इच्छा पनि पाकिस्तानले लिएको छ। (CRI)