घटना बिबरण :-
जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका वडा नं.६ जाली घर भई हाल का.जि.का.म.न.पा. सितापाईला बस्ने वर्ष ३५ को सुरज कोली जिउ मास्ने बेच्ने मुद्दामा १२ बर्ष कैद भएकोमा ९ बर्ष ३ महिना कैद सजाय भुक्तान गरी मिति २०७३/०६/२० गते देखि जिल्ला कारागार कैलालीबाट फरार रहेकोमा यस महाशाखाबाट खटिएको बिशेष टोलीले खोजतलाश गर्ने क्रममा मिति २०७५/०९/०६ गते का.जि.का.म.न.पा. ४ सितापाईलाबाट पक्राउ गरेको र जिल्ला कारागार कैलाली पठाउने तयारी गरिएको ।
पक्राउ व्यक्तिको विवरण: 
नाम : सुरज कोली
उमेर : ३५ वर्ष
ठेगाना : जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका वडा नं. ६ जाली ।

महानगरीय अपराध महाशाखा )