तेक्वान्दो विवाद  बारे चासो राखिन खेलाडी रोमिले।

-डिएन घिसिङ 

 नेपाली खेलकुदमा सर्बाधिक अन्तर्राष्ट्रिय पदक भित्र्याउन सफल तेक्वान्दो खेल विवाद बढेपछि सतहमा आएको छ।आगामी माघको दोस्रो सातामा संचालन हुन गैरहेको आठौं राष्ट्रिय प्रतियोगितामा समाबेस तेक्वान्दो खेलको राखेपमा दर्ता समान हैसियतमा रहेका नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ बीच विवाद देखियकोले राखेपको ११० औं बोर्ड बैठकको निर्णयानुसार दुबै संघलाई पत्राचार गरेको थियो। पत्रको मितिले सातदिन भित्र मिलेर नआएमा  तेक्वान्दो खेल आठौ राष्ट्रिय प्रतियोगितामा समावेस नगर्ने उल्लेख गरेको थियो।लामो समय देखि विवादित  तेक्वान्दो खेल अब राखेपले टुंगो लगाउने भएको  छ।

राखेपका पदाधिकारीले अबको दुई महिना भित्रमा आपसी समस्या समाधान नगरे दुवै तेक्वान्दो संघ नै बिघटन गरि नयाँ  तेक्वान्दो गठन गर्ने राखेपले जनाएका  छ। नेपाल तेक्वान्दो संघले आफुहरु अन्तरास्ट्रिय मान्यता रहि कार्य गर्ने अडान गरेका छन भने खेलकुद मन्त्रालय र राखेपमा भएको  दर्ता नै सर्बोपरि रहेको र कुनै संघको अन्तरास्ट्रिय मान्यताको कुनै अर्थ नहुनेकुरा रास्ट्रीय तेक्वान्दो सघका अध्यक्ष शिव कोइराला "ज्वाला"ले  बताउनु भयो। यता नेपाली तेक्वान्दो गर्विलो  इतिहासलाई निरन्तरता दिन र सक्षम नेतृत्व चयन गर्न आवश्यक  रहेको खेलाडीहरुले माग गरेका छ्न। ओलम्पीयन बिधान लामा ,दिपक बिस्ट ,सगिना वैद्य लगाएत खेलाडिहरुले चासो लिएका छ्न।

यसै गरि फरक प्रतिभाशाली तेक्वान्दो खेलाडी रोमि गिरिले पनि चासो लिएकी छिन।खेलकुदको इनटर्नसीप प्रोग्राम अन्तर्गत हाल दक्षिण कोरियामा अध्ययन गरिरहेकी रोमि गिरीले नेपाली तेक्वान्दो खेल बिकास गर्न सक्षम नेतृत्व आबश्यकता रहेको बताइन। बिश्व तेक्वान्दो महासङ्गको मुख्यालयबाट प्रकाशित हुने एक महत्वपुर्ण पुस्तक सम्पादन टिममा रहेर काम गरिरहेकी रोमीले भनिन नया कार्य समिति गठन गर्नु पुर्ब बिगतको इतिहास र बर्तमानलाई मुल्यांकन गर्न सक्नु पर्छ।उनले यस अगी जेनेभामा भएको युएनडिपिको आयोजनामा गृष्मकालीन ओलम्पिकको पुर्ब सन्ध्यामा अन्तराष्ट्रिय शान्ति र खेलकुद विकासको शिखर सम्मेलनमा नेपालमा शान्तिको अवस्था र खेलकुदबारे  संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस विच  र ४० राष्ट्रका खेलकुद मन्त्रीको अगाडी गर्विलो  मन्तव्य राखेकी थिइन।